तिहार लगत्तै त्रि.वि.का परीक्षा हुने

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक २२, २०७७
|
|
४८ पटक हेरिएको
Shares
तिहार लगत्तै त्रि.वि.का परीक्षा हुने

सारांश

  • त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ ।
  • कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।
  • त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा पेशल दाहालले स्थगित परीक्षाका बारेमा तिहारअघि नै सूचना आउने र तिहारपछि परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

अन्तिम तहको परीक्षा प्राथमिकतामा
विश्वविद्यालयले स्थगित गरिएकामध्ये अन्तिम तह या सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीलाई प्राथमिकता दिने योजना बनाएको छ । यस क्रममा स्नातक तह चौथो वर्ष या स्नातकोत्तर तहको अन्तिम सेमेस्टरका विद्यार्थीको परीक्षा पहिलो प्राथमिकतामा राखिएको छ ।

सेमेस्टरको मङ्सिर १५ पछि
विश्वविद्यालयले स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा मङ्सिर १५ पछि सञ्चालन गर्ने भएको छ । यस वर्ष मङ्सिर १ गते तिहार परेको छ । विद्यार्थीलाई दुई साताको समय दिएर परीक्षा सञ्चालन गर्न लागिएको हो । सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा सञ्चालन गर्ने अधिकारको विश्वविद्यालयको डिन कार्यालयलाई दिइएको छ ।

वार्षिकको परीक्षा अन्तिम साता
यसैबीच विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अनुसार अध्ययन गर्ने विद्यार्थीको परीक्षा मङ्सिर अन्तिमबाट सञ्चालन गर्ने भएको छ ।

भौतिक उपस्थितिमै परीक्षा
विश्वविद्यालयले भौतिक उपस्थितिमै विद्यार्थीको परीक्षा लिने कुरा आफ्नो पहिलो प्राथमिकतामा भएको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा अनलाइन माध्यमबाट लिए पनि उच्च शिक्षामा धेरै विद्यार्थीको चाप रहेको त्रिविले भने भौतिक उपस्थितिमै परीक्षा लिने योजना बनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि
प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी
प्रदेश नं २ को निर्वाचन काँग्रेसको पक्षमा जाने दाबी
बजेटले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को आकांक्षा पूरा गर्ला ?
बजेटले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को आकांक्षा पूरा गर्ला ?
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु
आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु
कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु
रामपुरमा त्रिविको इञ्जिनीयरिङ पढाइ शुरु
एक अनपढ शिक्षक, जसले १७ वर्ष विद्यार्थीलाई पढाए
एक अनपढ शिक्षक, जसले १७ वर्ष विद्यार्थीलाई पढाए

तपाईंले छुटाउनुभयो कि?