तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २५, २०७३
|
|
१८० पटक हेरिएको
Shares
तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण

सारांश

  • जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ ।
  • नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए ।
  • उनका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती भारतीय चेलीले नेपालीसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ ।

नेपाली नागरिकसँग विवाह गरेकी भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको बाँकेका प्रजिअ रविलाल पन्थले जानकारी दिए । उनका अनुसार गत कात्तिकदेखि पुस मसान्तसम्म ती भारतीय चेलीले नेपालीसँग विवाह गरेपछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले अघिल्लो एक वर्षको अवधिमा नेपाली नागरिकसँग विवाह गर्ने तीन सय ८४ भारतीय चेलीलाई नेपाली नागरिकता प्रदान गरेको थियो ।

नेपालीसँग विवाह गर्ने भारतीय चेलीले नागरिकता पाउँदैनन् भन्ने हल्ला चलाइए पनि वास्तविकता उनीहरुलाई नागरिकता लिन झनै सजिलो हुने गरेको कर्मचारी बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट हरेक शुक्रबार वैवाहिक अङ्गीकृतको नागरिकता वितरण हुने गरेको छ ।

नेपाली नागरिकसँग विवाह गर्ने भारतीय चेलीले नेपाली नागरिकता पाउनका लागि विवाह दर्ता, पतिको नागरिकता र विदेशी नागरिकता त्यागेको प्रमाणसहितको निवेदन दिनुपर्ने हुन्छ ।

हुलाकमा रजिस्ट्री गरिएको पत्र र निवेदनको प्रतिलिपिलाई पनि प्रमाणको रुपमा मान्ने गरिएको छ । नेपाली नागरिकता प्राप्त गर्नेलाई कर्मचारीले शपथग्रहण गराउने गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए । कार्यालयका अनुसार अङ्गीकृत नागरिकताका लागि सातामा पाँचदेखि २५ जनासम्मको निवेदन प्राप्त हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
आलु भित्रै रात विताउने विचार छ कि ?
आलु भित्रै रात विताउने विचार छ कि ?
नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
३३ किलो सुन प्रकरण: फेरी अर्का प्रहरी पक्राउ !
३३ किलो सुन प्रकरण: फेरी अर्का प्रहरी पक्राउ !
जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन – अध्यक्ष ओली
जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन – अध्यक्ष ओली
मेलम्चीको पानी काठमाडौँ आउँदै, पानी आउन २० देखि २१ दिन लाग्ने
मेलम्चीको पानी काठमाडौँ आउँदै, पानी आउन २० देखि २१ दिन लाग्ने
सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत
सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत
संविधानको धारा १०० किन निष्क्रिय पार्न मिल्दैन ?
रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए
रहस्यमयरुपमा आएका १३ विदेशी नागरिक फर्काइए
अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने : महान्यायाधिवक्ता खरेल
अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने : महान्यायाधिवक्ता खरेल

तपाईंले छुटाउनुभयो कि?