तीर्थयात्री चढेको बस दुर्घटनामा ५ को मृत्यु १८ घाइते

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर ८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
तीर्थयात्री चढेको बस दुर्घटनामा ५ को मृत्यु १८ घाइते

सारांश

  • काठमाडौं ।
  • सप्तरीमा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
  • को१ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर राजविराज सडकखण्ड इनरुवामा बस सडकबाट अनियन्त्रित भई शुक्रबार पोखरीमा पसेको थियो।

काठमाडौं । सप्तरीमा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । को१ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर राजविराज सडकखण्ड इनरुवामा बस सडकबाट अनियन्त्रित भई शुक्रबार पोखरीमा पसेको थियो।

मृत्यु हुनेमा ७० बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, नाम नखुलेकी महिला, ठकनीदेवी रहेकाृ प्रहरीले जनाएको छ । बिहिबार बस डाक्नेश्वरी नगरपालिकाबाट तीर्थयात्रु बोकेर सुनसरीको चतरास्थित बराहक्षेत्र गएको थियो।

दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ३० जना यात्रु क्षमता रहेको बसमा ६० जना सवार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?