त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २०, २०७६
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।
  •  महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो।

काठमाडौं। प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चार किलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चार किलो सुनसहित चिनियाँ नागरिक ली निंछीलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षत्रीले

आइतबार राति १०ः५० बजे क्याथी ड्रयागनको उडानमा हङकङबाट काठमाडौँ आएका निंछिलाई पक्राउ गरिएको जानकारी दिए। उनको साथबाट बिस्कुट आकारको चार हजार ग्राम सुन बरामद गरेको कार्यालयका प्रमुख क्षत्रीले बताए। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?