दक्षिण अफ्रिकासँग भारत पराजित

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १४, २०७९
|
|
६० पटक हेरिएको
Shares
दक्षिण अफ्रिकासँग भारत पराजित

सारांश

  • काठमाडौं।
  • दक्षिण अफ्रिकाले आइसिसी टी २० विश्वकपअन्तर्गत समूह ‘दुई’मा आइतबार राति भारतलाई ५ विकेटले पराजित गरेको छ।
  • पर्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गरेको थियो।

काठमाडौं। दक्षिण अफ्रिकाले आइसिसी टी २० विश्वकपअन्तर्गत समूह ‘दुई’मा आइतबार राति भारतलाई ५ विकेटले पराजित गरेको छ। पर्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङका उत्रिएको अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन बनायो। अफ्रिकाका लागि डेभिड मिलरले ४६ बलमा ४ चौका र ३ छक्कासहित अविजित ५९ रनको महत्त्वपूर्ण इनिङ खेले।

यस्तै, एडेन मारक्रमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। भारतका लागि अर्शदीप सिंहले दुई तथा मोहम्मद सामी, हार्दिक पाण्डेया र रविचन्द्रन आस्विनले १–१ विकेट लिए।

पहिलो इनिङमा भारतका लागि सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित ६८ रनको अर्धशतकीय इनिङ खेलेका थिए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन्।

बलिङतर्फ अफ्रिकाका लागि लुङ्गी एनगिडीले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै वाइन पर्नेलले ३ तथा अनरिच नोर्ट्जेले १ विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य
काग्रेसको गढ भत्काउदै देउवाको नगरमा रुख ढालेर उदायो सुर्य
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !
ढुम्बावासीलाई गूमराह बनाउँने काग्रेसको चालबाजी !
कम्युनिष्ट सरकारप्रति किन चिढियो अमेरिका ?
कम्युनिष्ट सरकारप्रति किन चिढियो अमेरिका ?
A Sample Commercial Agricultural Development Concept-Ganesh Shakya
A Sample Commercial Agricultural Development Concept-Ganesh Shakya
निजी विद्यालय दर्ता नगरे विप्लवको जनपरिषद्को नियमअनुसार भइजाने
निजी विद्यालय दर्ता नगरे विप्लवको जनपरिषद्को नियमअनुसार भइजाने
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
काभ्रे प्रदेशशभा २ क को पछिल्लो अपडेट
काभ्रे प्रदेशशभा २ क को पछिल्लो अपडेट
भेनेजुएला प्रकरणले ओली सरकार अप्ठ्यारोमा, राजदुत कार्की फिर्ता होलान् त ?
भेनेजुएला प्रकरणले ओली सरकार अप्ठ्यारोमा, राजदुत कार्की फिर्ता होलान् त ?
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री
विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?