दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २९, २०७७
|
|
५१ पटक हेरिएको
Shares
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद

सारांश

  • एजेन्सी, २९ असार ।
  • दक्षिण अफ्रिकाको जोहानसवर्गस्थित रहेको अन्तर्राष्ट्रिय पेन्टेकोस्टल होलिनेस चर्चमा आक्रमणकारी समूहले आक्रमण गरेको छ ।
  • उक्त आक्रमणमा पाँच जनाको हत्या भएको छ ।

एजेन्सी, २९ असार । दक्षिण अफ्रिकाको जोहानसवर्गस्थित रहेको अन्तर्राष्ट्रिय पेन्टेकोस्टल होलिनेस चर्चमा आक्रमणकारी समूहले आक्रमण गरेको छ । उक्त आक्रमणमा पाँच जनाको हत्या भएको छ । नेतृत्वको विषयमा विवाद चर्किएपछि चर्चमा आक्रमण गरिएको स्थानीयहरुले बताएका छन् ।आक्रमण शनिबार बिहान जोहानसवर्ग क्षेत्रको पेन्टेकोस्टल होलिनेसे चर्चमा भएको हो । आक्रमणकारीद्वारा बन्धक बनाइएको महिला र बच्चाहरुलाई प्रहरीको टोली सकुसल उद्वार गरेका छन् । प्रहरीले ४० जना मानिसलाई समेत संलग्न रहेको आरोपमा पक्राउ गरेको छ भने दर्जनौँ हातहतियारहरु सिज गरेको छ । आक्रमणकारीहरु सानो अपराध(विभाजीत) समूहसंग संलग्ने रहेको प्रत्यक्षदर्शीहरुले जनाएका थिए ।

चर्चका पूर्व नतृत्वकर्ताको निधन पश्चात चर्चको नेतृत्वको विषय सन् २०१६ देखि नै विवाद बल्झिरहेको थियो । उक्त चर्चमा सोही विषका लागी सन् २०१८ मा समेत आक्रमण गरिएको थियो । चर्चको ५.२ मिलियन युरो हराएको कारण विवाद आक्रमणको रुप लिएको जनाइएको छ । चर्चको वरिपरि आउने सम्पूर्णलाई आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पाँच राइफल, १६ वटा सानो बन्दूक, १३ पेस्तोल लगायत हतियारहरु बरामद गरेको थियो । उक्त घटनाको अनुसन्धान तीव्र गतीमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन-चाँदीको मूल्यमा गिरावट: तोलामा ९०० रुपैयाँले घट्यो सुनको भाउ
सुन-चाँदीको मूल्यमा गिरावट: तोलामा ९०० रुपैयाँले घट्यो सुनको भाउ
उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै
उपप्रधानन्त्री लामिछानेको नागरिकता विवादमा आज सुनुवाइ हुँदै
कतार विश्वकप आजबाट, जान्नुहोस् सम्पूर्ण जानकारी
कतार विश्वकप आजबाट, जान्नुहोस् सम्पूर्ण जानकारी
धनराज गुरुङद्वारा कास्की २ बाट चुनाव लड्न अस्वीकार
धनराज गुरुङद्वारा कास्की २ बाट चुनाव लड्न अस्वीकार
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेटवार्ता
प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेटवार्ता
उपत्यकामा एकैदिन २१२९ जनामा कोरोना संक्रमण पुष्टि
संघीय गणतन्त्र असफल साबित,तेस्रो जनआन्दोलन आबश्यक : कमल थापा
संघीय गणतन्त्र असफल साबित,तेस्रो जनआन्दोलन आबश्यक : कमल थापा
१३औँ साग : आज दशरथ रङ्गशालामा भव्य समारोहबीच उद्घाटन हुँदै
१३औँ साग : आज दशरथ रङ्गशालामा भव्य समारोहबीच उद्घाटन हुँदै
हेलिकोप्टर दुर्घटना:  घना जंगलमा भेटियाे
हेलिकोप्टर दुर्घटना: घना जंगलमा भेटियाे

तपाईंले छुटाउनुभयो कि?