दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !

सारांश

  • काठमाडौँ ।
  • नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि नेपाली राननितिमा नयाँ हलचल शुरु भएको छ ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललितपुरको सातदोबाटोबाट ढुंगेललाई आज बिहान ११ बजे पक्राउ गरेको हो ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि नेपाली राननितिमा नयाँ हलचल शुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललितपुरको सातदोबाटोबाट ढुंगेललाई आज बिहान ११ बजे पक्राउ गरेको हो । ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको ठहर गर्दै सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो । सर्वोच्चले ढुंगेललाई दोषी ठहर गरेर सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । नेपाली कांग्रेसका नेता समेत रहेका अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले ढुंगेललाई पक्राउ नगरी अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले प्रहरी प्रमुखलाई नै अवहेलनाको मुद्दाम कारबाही गर्नुपर्ने माग गरेका थिए । प्रहरीले ढुंगेललाई आजै कारागार चलान गर्ने भएको छ ।

प्रहरीले नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेपछि नेकपा माओवादी केन्द्रमा भने खैलाबैला भएको छ । अचानक पूर्व सांसद एवं नेता ढुंगेल पक्राउ परेपछि माओवादीभित्र आक्रोश उत्पन्न भएको हो । स्वयंम अध्यक्ष प्रचण्ड समेत तनावमा परेका छन् । ढुंगेल पक्राउ परेलगत्तै उनले हेडक्वार्टरको बैठक समेत बोलाएको बताइएको छ । अहिले माओवादीका शीर्ष नेताको बैठक बसिरहेको छ ।

स्रोतका अनुसार ढुंगेल पक्राउविरुद्ध सडक प्रदर्शनदेखि कडा आन्दोलनका कार्यक्रम ल्याउने तयारी माओवादी शीर्ष नेताले गरिरहेका छन् । वाम गठबन्धन गरेको एमालेले पनि यसमा साथ दिने भएको छ । सातदोबाटोबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अदालतमा बुझाउने तयारी गरेको छ । ढुंगेल अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को हिरासतमा छन् ।

ढुंगेल पक्राउ परेको कुरा आधिकारिक रुपमा स्वीकार नगरेको प्रहरीले उनलाई गुपचुप अदालतमा बुझाउने तयारी गरेको सिआईबी स्रोतले बतायो । अदालतको फैसला कार्यान्वयनका लागि उनलाई अदालतमा हाजिर गराउन लागिएको हो ।
द्धन्द्धकालिन मुद्धा भएकाले माओबादीले ढुंगेल पक्राउको विषयमा अदालत मार्फत नभई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत मिलाउनु पर्ने बताउँदै आएका छन । यदी दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने देखीएको छ ।

newsofnepal बाट !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द्रोपदी मुर्मूः ५ वर्षबीच दुई पुत्र र पति वियोगका बाबजुद संघर्ष गर्दै रचिन् इतिहास
द्रोपदी मुर्मूः ५ वर्षबीच दुई पुत्र र पति वियोगका बाबजुद संघर्ष गर्दै रचिन् इतिहास
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान
कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान
भारतबाट तीन चेलीको उद्धार, परिवारमा पुनर्मिलन
भारतबाट तीन चेलीको उद्धार, परिवारमा पुनर्मिलन
Yet another added to the list- Portia de Rossi accuses Steven Seagal of sexual harassment
Yet another added to the list- Portia de Rossi accuses Steven Seagal of sexual harassment
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ
अपहरणको नाटक गरी परिवारसँग फिरौती माग्ने पक्राउ
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो
न्यूयोर्कमा ‘बुलेट ट्रेनको गतिमा’ सङ्क्रमण फैलँदो
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली
सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक : अध्यक्ष ओली