दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
दसऔंलाको छापसहित विवरण हुने पहिलो राष्ट्रिय परिचयपत्र १०१ वर्षे भण्डारीलाई

सारांश

  • काठमाडौं ।
  • लामो समयदेखि बहुप्रतिक्षित राष्ट्रिय परिचयपत्र आजदेखि बाँडिदैछ ।
  • व्यक्तिको दसवटै औँलाको औँठाछाप, सबै विवरण समावेश गरिएको बायोमेट्रिक राष्ट्रिय परिचयपत्र पूर्वको पाँचथरबाट आजदेखि बाँड्न लागिएको हो ।

काठमाडौं । लामो समयदेखि बहुप्रतिक्षित राष्ट्रिय परिचयपत्र आजदेखि बाँडिदैछ । व्यक्तिको दसवटै औँलाको औँठाछाप, सबै विवरण समावेश गरिएको बायोमेट्रिक राष्ट्रिय परिचयपत्र पूर्वको पाँचथरबाट आजदेखि बाँड्न लागिएको हो ।

पहिलो राष्ट्रिय परिचयपत्र पाँचथर फिदिमकी १०१ वर्षीया भगवती भण्डारीलाई दिए अभियान शुरु गर्न लागिएको हो । परिचयपत्रमा दसवटै औँलाको औँठाछाप हुनेछ । मेसिनले पढ्ने खालको सबै व्यक्तिगत विवरण रहने बताइएको छ । स्थायी ठेगाना, जन्ममिति, आमाबाबु, हजुरबा, पतिपत्नीको नाम हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि स्वास्थ्य अवस्थाका कारण उपस्थित नहुने भएका हुन् । गृहमन्त्री रामबहादुर थापाले परिचयपत्र दिएर अभियानको उद्घाटन गर्नेछन् । आज पहिलो दिन पाँचथरका अन्य ४८ जनालाई पनि परिचयपत्र बाँडिने छ ।

एसियाली विकास बैंकको सहयोगमा ८ वर्षदेखि शुरु भएको राष्ट्रिय परिचयपत्रको तयारी गर्न लामो समय लागेको हो ।

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी योजना ल्याइएपछि २०६७ सालमा गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो ।

नागरिकतालाई विस्थापित गर्नेगरी राष्ट्रिय परिचयपत्र दिने भनिएपनि नागरिकताको विकल्प नबन्ने भएको छ । परिचयपत्र लिए पनि नागरिकता लिनुपर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?