११ तिर्थयात्रीको ट्रकको ठक्करबाट मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ५, २०७५
|
|
३७ पटक हेरिएको
Shares
११ तिर्थयात्रीको ट्रकको ठक्करबाट मृत्यु

सारांश

  • नयाँ दिल्ली, ५ जेठ ।
  • भारतमा ट्रकले ठक्कर दिँदा ११ हिन्दु तिर्थयात्रीको मृत्यु भएको छ ।
  • उत्तराखण्ड राज्यको पुर्णागिरी धार्मीकस्थल जाँदै गरेको तीर्थयात्रीको समूहलाई ट्रकले ठक्कर दिँदा ११ जनाको मृत्यु भएको हो ।

नयाँ दिल्ली, ५ जेठ । भारतमा ट्रकले ठक्कर दिँदा ११ हिन्दु तिर्थयात्रीको मृत्यु भएको छ ।
उत्तराखण्ड राज्यको पुर्णागिरी धार्मीकस्थल जाँदै गरेको तीर्थयात्रीको समूहलाई ट्रकले ठक्कर दिँदा ११ जनाको मृत्यु भएको हो ।
उत्तर भारतमा शुक्रबार तीर्थयात्रीको ठूलो समूहमाथि ट्रक गुड्दा १९ जना घाइते भएको र कम्तीमा ११ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटना भएको चम्पावत जिल्लाको विचाई–टनकपुर भन्ने ठाउँ उत्तराखण्डको राजधानी देहरादुनबाट १३२ किमी दक्षिणपूर्वमा पर्छ ।

“चम्पावतमा आज एउटा ट्रक तीर्थयात्रु हिडिरहेको स्थानमा अनियन्त्रित गतिमा गुड्दा भएको भयानक दुर्घटनामा तीर्थाटनमा हिँडेका कम्तीमा ११ जनाको निधन भएको छ । घटनामा १९ तीर्थालु घाइते भएका छन् ,” चम्पावतका उप–प्रशासक हेमन्त कुमार वर्माले भने । उनले घाइतेहरूलाई स्थानीय विभिन्न अस्पतालमा उपचारका लागि पठाइसकिएको बताए।
मृत्यु हुनेमा सबैभन्दा बढी उत्तर प्रदेशको बराइली जिल्लाका रहेका छन् । घटनापछि फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार ट्रक एक्कासी भीडतर्फ बढिरहँदा तीर्थाटनमा हिँडेका सबैजना रोइ कराई गर्दा उक्तस्थानमा कोलाहल मच्चिएको थियो । भारतमा चालकको लापर्वाही, कमजोर सडक संरचना तथा क्षमताभन्दा अत्यधिक भार लिएर सवारी चलाएका कारण वर्षेनी हजारौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
जेठ १९ गते सोमबारको राशिफल यस्तो छ
जेठ १९ गते सोमबारको राशिफल यस्तो छ
शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग
१० हजार घुस सहित प्रहरी जवान पक्राउ
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित
मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा दुर्घटना
मनाङ एयरको हेलिकप्टर अवतरणको क्रममा दुर्घटना
पालिकामा राप्रपाले खाता खोल्न सकेन, वडा तहमा भने १५ स्थानमा विजयी
पालिकामा राप्रपाले खाता खोल्न सकेन, वडा तहमा भने १५ स्थानमा विजयी
नुवाकोटमा महत र केसी दुबै पछाडि, प्रदेशमा समेत गठबन्धन अघि
नुवाकोटमा महत र केसी दुबै पछाडि, प्रदेशमा समेत गठबन्धन अघि
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?