दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २८, २०८०
|
|
५८ पटक हेरिएको
Shares
दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

सारांश

  • काठमाडौं ।
  • चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
  • चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ ।

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ ।

“सीता दाहाल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को एक महत्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उनको पनि सहभागिता थियो”, शोक सन्देशमा भनिएको छ, “उनको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ ।”

उक्त पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत गरेको छ । प्रधानमन्त्री दाहाल पत्नीको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा
इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
अमेरिकामा एक किशोरले गोली चलाउँदा एक विद्यार्थीको मृत्यु, पाँच जना घाइते
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?
फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
कांग्रेस संसदीय दलको निर्वाचन : को–कसको पक्षमा ?नाम लिस्ट सहित
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
संसदले दिलाए नेपाललाई लागातार दुई सफलता, अफगानिस्तानकाे छैटाैँ विकेटकाे पतन !
संसदले दिलाए नेपाललाई लागातार दुई सफलता, अफगानिस्तानकाे छैटाैँ विकेटकाे पतन !
धनगढी उपमहानगरमा कांग्रेस विजयी, स्वतन्त्र उम्मेदवारले दिए निकटको टक्कर
धनगढी उपमहानगरमा कांग्रेस विजयी, स्वतन्त्र उम्मेदवारले दिए निकटको टक्कर
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?

तपाईंले छुटाउनुभयो कि?