दिल्ली दंगामा मारिनेकाे संख्या ३४ पुग्याे

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १६, २०७६
|
|
५५ पटक हेरिएको
Shares
दिल्ली दंगामा मारिनेकाे संख्या ३४ पुग्याे

सारांश

  • बीबीसी।
  • आइतवारदेखि भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा मारिनेको सङ्ख्या बढेर ३४ पुगेको छ।
  • मारिने सबैजनामा गोली लागेको पाइएको छ।

बीबीसी। आइतवारदेखि भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा मारिनेको सङ्ख्या बढेर ३४ पुगेको छ।

मारिने सबैजनामा गोली लागेको पाइएको छ। अझैपनि कतिपय इलाकामा हिंसक जत्था डुलिरहेको अनि खासगरी दिल्लीको उत्तर-पूर्वी भागमा छिटफुट हिंसा भएका विवरण प्रहरीले दिएको छ।

हिन्दू र मुस्लिम समुदायबीच थप झडप हुन नदिन हजारौँ दङ्गा प्रहरी तथा अर्धसैनिक फौजले गस्ती गरिरहेका छन्।

आइतवार नागरिकता कानुनका पक्ष र विपक्षमा रहेकाहरूबीच झडप भएपछि त्यसले साम्प्रदायिक दङ्गाको स्वरूप ग्रहण गरेको थियो।

बुधवार हिंसामा निकै कमी आएको भएतापनि राति भने प्रभावित इलाकाहरूमा छिटफुट झडप भएको खबर आएका छन्। सहर अशान्त नै देखिन्छ।

बिहीवार धेरैको ध्यान दिल्ली उच्च अदालतका न्यायाधीश एस मुरलीधरको सरुवातर्फ खिचिएको छ।

उनको सरुवाबारे दुई साता अगाडि नै घोषणा गरिएको भएतापनि बीबीसी सम्वाददाताहरू भन्छन् हालसालै दिल्ली हिंसालाई लिएर उनले गरेका तीखा टिप्पणीका कारण उक्त घोषणा कार्यान्वयनलाई तीव्रता दिइएको हुनसक्छ।

न्यायाधीश मुरलीधरले धार्मिक दङ्गाको मुद्दामाथि सुनुवाइ गरिरहेका थिए र उनले बुधवार सरकार र प्रहरी दुवैको चर्को निन्दा गरेका थिए।

बुधवार राति नै उनको तत्काल सरुवाको आदेश पठाइएको थियो। सरकारले उक्त सरुवा राजनीतिक रूपमा उत्प्रेरित नभएको जनाएको छ। यसबीच बीबीसी न्यूजको दिल्ली सम्वाददाता रजिनी वैद्यनाथनले मृतकको सङ्ख्या बढ्दै गर्दा परिवारका सदस्यहरू शव बुझ्न पर्खिरहेका बताएकी छन्।

पूर्वोत्तर दिल्लीस्थित एक शवगृहमा आफन्तजनको भिड जम्मा भएको छ। उक्त शवगृहमा जम्मा भएका अधिकांश आफन्तजन मुस्लिम समुदायको भएको वैद्यनाथनले बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै
साउन ६ गते मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले भने : पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ
प्रधानमन्त्री दाहालले भने : पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ
उच्च अदालत विराटनगरले अभियुक्तलाई धरौटीमा रिहा गर्न थालो
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
भैंसेपाटी मन्त्री निवास खण्डहर: नयाँ मन्त्रीहरूलाई आवासको सास्ती, पुनर्निर्माण अझै अनिश्चित
​घरका छानाबाटै ६ सय मेगावाट बिजुली !
​घरका छानाबाटै ६ सय मेगावाट बिजुली !
‘अनलाईनलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याउँछौं’
‘अनलाईनलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याउँछौं’
कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार !
कांग्रेसले टुंगो लगायो तीनवटै महानगरको उम्मेदवार !
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
केन्द्रको साटो प्रदेशको राजनीति रोजे
केन्द्रको साटो प्रदेशको राजनीति रोजे
सगरमाथाको उचाई नाप्न १५करोड
सगरमाथाको उचाई नाप्न १५करोड

तपाईंले छुटाउनुभयो कि?