दुई नदीमा १२ लाखकाे लागतमा तटबन्ध निर्माण !

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ४, २०७५
|
|
४७ पटक हेरिएको
Shares
दुई नदीमा १२ लाखकाे लागतमा तटबन्ध निर्माण !

सारांश

  • कञ्चनपुर, ४ भदौ ।
  • कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ ।
  • नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा रु आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा रु चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्माण गरेको हो ।

कञ्चनपुर, ४ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ । नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा रु आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा रु चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्माण गरेको हो । दुवै नदीमा तटबन्ध निर्माण गरिएपछि ३०० परिवारको जग्गा भूक्षय हुनबाट जोगिएको छ । चालू आवमा सनबोरा नदीमा रु १० लाखको लागतमा ३५ मिटर र स्याली नदीमा रु छ लाखको लागतमा ३० मिटर तटबन्ध निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताए ।

बजार विस्तार गर्न व्यावसायिक भवन निर्माण

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा वडा कार्यालयले व्यावसायिक भवन निर्माणको कार्य शुरु गरेको छ । बजार विस्तार गर्न र वडा कार्यालयको आम्दानीमा वृद्धि गर्नका लागि व्यावसायिक भवन निर्माणको कार्य शुरु गरिएको हो । वडा कार्यालयले रु १२ लाखको बजेटमा भवनको जग राख्ने र पिल्लर उठाउने कार्य पूरा गरेको छ । निर्माणाधीन भवनमा सातवटा व्यावसायिक प्रयोजनका लागि कोठा निर्माण गरिने वडाध्यक्ष ज्ञानबहादुर विष्टले बताए ।

“चालू आवमा भवन निर्माणको कार्य पूरा गर्नका लागि रु २० लाख बजेट विनियोजन गरेका छौँ” उनले भने । भवन भूकम्प प्रतिरोधी र आधुनिक हुने उनले बताए । नयाँ भवन निर्माणको कार्य पूरा गर्ने र थप रु ३० लाखमा आठ कोठे भवन बनाउनका लागि बजेट विनियोजन गरी चाँडै कार्य प्रारम्भ गरिने उहाँको भनाइ रहेको छ । यसैगरी रु दुई लाख रकम खर्चेर रामेश्वर शिव मन्दिरको पर्खाल निर्माणको कार्यसमेत पूरा गरिएको छ । मन्दिरलाई भजनकीर्तनमा सघाउ पु¥याउन रु ५० हजारको वाद्यबाधन सामग्रीसमेत उपलब्ध गराइएको छ । सिद्धनाथ मन्दिरमा वडाकै रु ५० हजार रकम खर्चेर शौचालय निर्माण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘लुम्बिनीलाई साँस्कृतिक शहरका रुपमा विकास गर्नुपर्छ’
‘लुम्बिनीलाई साँस्कृतिक शहरका रुपमा विकास गर्नुपर्छ’
चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
चुनावको मुखमा बिश्वप्रकाश शर्मालाइ ठूलो धक्का ! खड्काद्धारा पार्टी परित्याग
पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर
पोखराबाट काठमाडौं जादै गरेको माइक्रो तनहुँमा दुर्घटना,१३ घाइते,४ गम्भीर
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प
टिचिङ अस्पतालमा आकस्मिकबाहेक सबै उपचार सेवा ठप्प
रामेछाप कांग्रेस सभापति न्यौपानेका छोरा बेपत्ता
रामेछाप कांग्रेस सभापति न्यौपानेका छोरा बेपत्ता
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु
साउदी जानेको न्युनतम पारिश्रमिक ९ हजारले बढ्यो, हवाई टिकट समेत कम्पनीले दिने
साउदी जानेको न्युनतम पारिश्रमिक ९ हजारले बढ्यो, हवाई टिकट समेत कम्पनीले दिने
नेपाललाई साताैँ सफलता, करन, साेमपाल, सागर पछि ललितले लिए विकेट !
सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु
सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन शुरु

तपाईंले छुटाउनुभयो कि?