दुर्घटनामा परी उदयपुरका नेकपाका नेताको मृत्यु
सारांश
- उदयपुर ८,कार्तिक।
- उदयपुर बाट काठमाडौ तर्फ जादै गरेको बा ५३ प ७९९६ मोटरसाइकल र विपरित दिशाबाट आएको बा ४ ख ६१४ नम्बरको बस बीपी राजमार्गको काभ्रेको डालाबेसीमा आपसमा ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा मोटरसाइकल चालक उदयपुर कटारि नगरपालिकाका ४५ वर्षीय शम्भुप्रसाद पोखरेलको मृत्यु भएको छ ।
उदयपुर ८,कार्तिक। उदयपुर बाट काठमाडौ तर्फ जादै गरेको बा ५३ प ७९९६ मोटरसाइकल र विपरित दिशाबाट आएको बा ४ ख ६१४ नम्बरको बस बीपी राजमार्गको काभ्रेको डालाबेसीमा आपसमा ठोक्किएर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक उदयपुर कटारि नगरपालिकाका ४५ वर्षीय शम्भुप्रसाद पोखरेलको मृत्यु भएको छ । उनी उदयपुर जिल्लाका नेकपाका नेता समेत हुन् । सामुदायिक बन उपभोक्ता महासघ नेपाल प्रदेस न. १ का सदस्य समेत रहेका पोखरेल बिहिबार काठमाडौ जाने क्रममा आफू सवार मोटरसाइकल लाई बसले ठक्कर दियको थियो।गम्भीर घाइते भै धुलिखेल अस्पताल लैजाने क्रममा बेलुका ७.१० बजे उनको निधन भएको थियो ।
प्रतिक्रिया