दुर्घटनामा ५ जनाको मृत्यु
सारांश
- काठमाडौं ।
- झापा, धन्षा, भक्तपुर र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
- झापा मेचीनगर नगरपालिका-१२ कालीझोडास्थित पुर्वपश्चिम राजमार्गमा मे १० प ६६६४ नम्बरको स्कुटर र बा ६९ प ८९९४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २३ वर्षीय युवराज खत्री र मोटरसाइकल चालक बिर्तामोड नगरपालिका -३ बस्ने २७ वर्षीय मन्जुल बराईलीको बिएनसी बिर्तामोड उपचारको क्रममा बुधबार दिउसो दुबै जनाको मृत्यु भएको छ ।
काठमाडौं । झापा, धन्षा, भक्तपुर र प्युठानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
झापा मेचीनगर नगरपालिका-१२ कालीझोडास्थित पुर्वपश्चिम राजमार्गमा मे १० प ६६६४ नम्बरको स्कुटर र बा ६९ प ८९९४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २३ वर्षीय युवराज खत्री र मोटरसाइकल चालक बिर्तामोड नगरपालिका -३ बस्ने २७ वर्षीय मन्जुल बराईलीको बिएनसी बिर्तामोड उपचारको क्रममा बुधबार दिउसो दुबै जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौं जडीबुटी बस्ने २० वर्षीय सुबिशा गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा जनकपुर उपमहानगरपालिका-२४ बसैयाकुटीस्थित सडकमा ज ११ प १३६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक महोत्तरी वहर्वा बस्ने २५ वर्षीय अक्षय कुमारलाई उपचारको लागि जनकपुर अंचल अस्पताल लैजाने क्रममा बुधबार बेलुका बाटोमै मृत्यु भएको छ ।
भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोटमा बा ४ ख ८१८२ नम्बरको ट्रिपरले बा ९९ प ८२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ललितपुर चाँगाथली बस्ने महोत्तरी बर्दिबासका २४ वर्षीय मनोज मगरलाई उपचरको लागि बिएण्डबी अस्पताल ग्वार्को लैजाने क्रममा बुधबार बेलुका बाटोमै मृत्यु भएको छ । दुवै सवारी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्युठान माण्डवी गाउँपालिका-५ चेरनेटास्थित सडकमा रा-३ प २२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खस्दा गम्भीर घाइते भएका मोटरसाइकल चालक दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीय राजेन्द्र राहुको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवारअर्घाखाची मालारानी-८ बस्ने ३० वर्षीय सुर्यबहादुर थापाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाकासम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया