यी नायिका यस्ता पाँच पुरुषलाई अपहरण गरेर विवाह गर्न चाहन्छिन्
सारांश
- नायिका श्रुति सेठ सोसल मिडियामा निकै सक्रिय छिन् ।
- उनी यो प्लेटफर्ममा सरकारको गलत नीतिमाथि आलोचना गर्नुका साथै हाँसो ठट्टा पनि गर्ने गर्छिन् ।
- हालै उनले संसारभरीका पाँच हस्तीलाई ट्याग गर्दै उनीहरुलाई अपहरण गरेर विवाह गर्न चाहेको बताएकी छिन् ।
नायिका श्रुति सेठ सोसल मिडियामा निकै सक्रिय छिन् । उनी यो प्लेटफर्ममा सरकारको गलत नीतिमाथि आलोचना गर्नुका साथै हाँसो ठट्टा पनि गर्ने गर्छिन् । हालै उनले संसारभरीका पाँच हस्तीलाई ट्याग गर्दै उनीहरुलाई अपहरण गरेर विवाह गर्न चाहेको बताएकी छिन् ।उनले युवल नोआ हरारी, ताइका डेभिड वेतिती, एलेन डि बटन, माइकल क्रिस्टोफर शीन र क्रिस हेम्सवर्थलाई ट्याग गर्दै आफू उनीहरुसँग विवाह गर्न इच्छुक भएको बताएकी हुन् ।आफ्नो यो अभियानमा सहयोग गर्ने चाहनेलाई उनले स्वागतसमेत गरेकी छिन् ।स्मरण रहोस्, युवल नोआ हरारी एक इतिहासकार, दार्सनिक एवं लेखक हुन् । उनले अत्यधिक विक्री भएको फिल्म सेपियन्स लेखेका छन् । यसबाहेक उनको किताब होमो द्युस पनि निकै चर्चामा थियो ।
Men I want to kidnap & marry@chrishemsworth @TaikaWaititi @harari_yuval @alaindebotton @michaelsheen
Any one want to assist me in my mission? All help is welcome & appreciated.
— Shruti Seth (@SethShruti) June 13, 2019
उनले आफ्नो लेखाई र लेक्चरका कारण चर्चामा छन् । यस्तै, ताइका डेविड वेतिती न्यूजिल्याण्डका एक फिल्म निर्माता हुन् । उनी अभियनका साथै कमेडी पनि गर्छन् ।सन् २००४ मा आफ्नो सर्ट फिल्म ‘टु कार्स वान नाइट’ का लागि एकेडेमी अवार्डमा नोमिनेसन पनि हासिल गरिसकेका छन् ।एलेन डि बटन स्विट्जरल्याण्डमा जन्मेका बेलायती दार्सनिक एवं लेखक हुन् । उनको किताबमा समकालीन विषयलाई पस्किएको हुन्छ ।सन् १९९३ मा उनको एसेस्स इन लभ सार्वजनिक भएको थियो जुन २० लाख बढी बिक्रि भएको थियो।
माइकल क्रिस्टोफर शीन वेल्शका नायक हुन् । उनले थिएटरपछि विभिन्न फिल्ममा काम गरेका छन् । उनले लण्दन रोयल एकेडेमी ऑफ ड्रामाटिक आर्टबाट तालिम लिएका हुन् । उनले सीगुल, होमकमिंग, हेनरी वी र रोमियो और जूलियटजस्ता फिल्ममा काम गरेका छन् ।क्रिस हेम्सवर्थ एक अस्ट्रेलियन नायक हुन् । उनले रेड डन र रशजस्ता फिल्ममा पनि मुख्य भुमिका निभाइसकेका छन् । क्रिस एभेन्जर्समा आफ्नो भूमिकाका लागि निकै चर्चामा रहेका छन् ।
https://www.instagram.com/p/Bulp6oKHCZj/?utm_source=ig_web_copy_link
प्रतिक्रिया