मतदाता परिचयपत्र वितरण भइरहेको छ– आयोग

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १२, २०७४
|
|
५६ पटक हेरिएको
Shares
मतदाता परिचयपत्र वितरण भइरहेको छ– आयोग

सारांश

  • काठमाडौँ, १२ असार ।
  • दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ ।
  • दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

काठमाडौँ, १२ असार । दोस्रो चरणमा यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि १, ५ र ७ प्रदेशका ३५ जिल्लामा सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र तिव्ररुपमा वितरण भइरहेको छ ।

दोस्रो चरणको निर्वाचनको लागि सम्बन्धित मतदान केन्द्रबाट मतदाताले सक्कली मतपत्रको अवलोकन, मतदाता शिक्षा र मतदाता परिचयपत्र एकैसाथ पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरणका लागि मङ्गलबारसम्मको समयसीमा तोकेको छ ।

दोस्रो चरणको निर्वाचनको लागि कायम गरिएका चार हजार ५८१ मतदानस्थलमा आएर मतदाताले धमाधम परिचयपत्र बुझेर लैजाने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

आयोगले मतदाता परिचयपत्र वितरणसँगै सही तरिकाले मतहाल्न सिकाउन हरेक मतदान केन्द्रमा एक जनाको दरले मतदाता शिक्षा कार्यकर्तालाई खटाइएको छ । दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, ११ नगरपालिका, २१५ गाउपालिका गरी ३३४ स्थानीय तहमा हुँदैछ ।

यो निर्वाचनका लागि तीन प्रदेशमा आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको छ । दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा राजेश हमालको आयो भिडियो
मध्यरातमा राजेश हमालको आयो भिडियो
कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन
कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन
वाग्मती प्रदेशमा उपसभामुख चयनका लागि आज मतदान
वाग्मती प्रदेशमा उपसभामुख चयनका लागि आज मतदान
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
राजा र राजपरिवार बाहेकलाई मात्र कानुन लाग्ने प्रावधान गणतन्त्रमा पनि पुनरावृत्ति हुनु लज्जास्पद : साह
बेपत्ता भएका आरोहीको चार दिनपछि जीवितै उद्धार
बेपत्ता भएका आरोहीको चार दिनपछि जीवितै उद्धार
एउटै पदका लागि बुवा–छोरा र दाजुभाइ उम्मेदवार
एउटै पदका लागि बुवा–छोरा र दाजुभाइ उम्मेदवार
व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव
व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबीच भेट
अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुखबीच भेट
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने
नेपाल र श्रीलंकाबीचको खेल भोलि विहान ५:१५ बजे हुने

तपाईंले छुटाउनुभयो कि?