प्रहरीले जाजरकोटमा भेटायो बन्दुक र गोली, किन राखिए अवैध हतियार ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
५४ पटक हेरिएको
Shares
प्रहरीले जाजरकोटमा भेटायो बन्दुक र गोली, किन राखिए अवैध हतियार ?

सारांश

  • जाजरकोट, १८ फागुन ।
  • जनीचाँदे गाउँपालिका– ११ कोताङमा प्रहरीले ९ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ ।
  • जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बिहीबार जुनीचाँदे गाउँपालिका– ११ कोर्ताङका चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक एक नाले ३ थान, भरुवा बन्दुक दुई नाले १ थान, बाह्रबोर बन्दुक २ थान र एयर गन सानो ठूलो गरी ३ थान तथा गोली बरामद गरिएको हो ।

जाजरकोट, १८ फागुन । जनीचाँदे गाउँपालिका– ११ कोताङमा प्रहरीले ९ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बिहीबार जुनीचाँदे गाउँपालिका– ११ कोर्ताङका चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक एक नाले ३ थान, भरुवा बन्दुक दुई नाले १ थान, बाह्रबोर बन्दुक २ थान र एयर गन सानो ठूलो गरी ३ थान तथा गोली बरामद गरिएको हो ।

शाहीको घरमा बन्दुक तथा गोली लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उक्त हतियार र गोली एवं जंगली जनावरका छाला अंगसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भावेस रिमालले बताए । उनका अनुसार प्रहरीले हतियारसँगै ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थसमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार ८ थान डेटोनेटर, पटकामा प्रयोग गरिने केप १५ बट्टा, २ केजी बारुद र जंगली जनावरको छाला ३ थान, सिङ ११ थान र नङ र दाँत २२ थान पनि बरामद गरिएको छ ।

शाहीका बाबुछोरा दुबैलाई प्रहरी नियन्त्रणमा राखेर हातहतियार तथा खरखजनाअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले बताए । कुन प्रयोजनका लागि ती हतियार राखिएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको भए तापनि चोरी शिकार गर्नका लागि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

(Tapentadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीको प्रवक्तामा कडायत
नेपाल प्रहरीको प्रवक्तामा कडायत
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा
इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
पाँच नम्बर प्रदेशका १२ जिल्लामा यिनको हातमा पुग्ने भो नेतृत्व
पाँच नम्बर प्रदेशका १२ जिल्लामा यिनको हातमा पुग्ने भो नेतृत्व
बाम एकताको अन्तिम निर्णय : ओली र दाहालबीच चारबुँदे सहमति  !
बाम एकताको अन्तिम निर्णय : ओली र दाहालबीच चारबुँदे सहमति !
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति हसन रौहानीबीच भेटवार्ता हुने !
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
कानुनी प्रक्रियालाई राजनीतिक रंग दिने प्रयासमा रास्वपा
कानुनी प्रक्रियालाई राजनीतिक रंग दिने प्रयासमा रास्वपा

तपाईंले छुटाउनुभयो कि?