देशभर चीसो बढ्यो, काठमाडौंमा माइनस पुग्दै

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष १३, २०७६
|
|
५२ पटक हेरिएको
Shares
देशभर चीसो बढ्यो, काठमाडौंमा माइनस पुग्दै

सारांश

  • देशभर तापक्रम घटेको छ ।
  • काठमाडौं उपत्यकालगायत हिमाल, पहाड र तराईका सबैजसो स्थानमा तापक्रम घटेको हो ।
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबैजसो भागमा तापक्रम घटेको छ ।

देशभर तापक्रम घटेको छ । काठमाडौं उपत्यकालगायत हिमाल, पहाड र तराईका सबैजसो स्थानमा तापक्रम घटेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका सबैजसो भागमा तापक्रम घटेको छ । भिजिविलिटी पनि कम भएको छ । काठमाडौं उपत्यकामा आजको न्यूनतम तापक्रम ०.६ डिग्री पुगेको छ । तापक्रम माइनशतर्फ झरेको छ ।

धनगढीमा ३.६, नेपालगञ्ज र भैरहवामा ५, सिमरामा ७, जनकपुर र विराटनगरमा ८ डिग्री न्यूनतम तापक्रम पुगेको छ । पारदर्शिता पनि कमजोर भएको छ । पूर्वी देखि पश्चिम तराईसम्म बाक्लो हुस्सु लागेको छ । जसका कारण पारदर्शिता कमजोर भएको छ । पूर्व र पश्चिमका भागहरुमा पारदर्शिता कमजोर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?