देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २५, २०७६
|
|
४६ पटक हेरिएको
Shares
देशमा ‘माफिया राज’, अवैध गिट्टीबालुवा निकाल्ने माफियाविरोधी युवाको हत्या

सारांश

  • धनुषा, २५ पौष ।
  • देशमा माफिया राज बढेको छ ।
  • माफिया आतंक यो हदसम्म पुगेको छ भन्ने नमूना धनुषामा एक युवाको हत्याले देखाएको छ ।

धनुषा, २५ पौष । देशमा माफिया राज बढेको छ । माफिया आतंक यो हदसम्म पुगेको छ भन्ने नमूना धनुषामा एक युवाको हत्याले देखाएको छ । अवैध रुपमा नदीबाट गिट्टीबालुवाको उत्खनन गर्ने एक माफिया समूहले धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या गरेको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो ।

महतोले मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खननको विरोध गर्न पुग्दा ज्यान गुमाउनुपर्यो । उनलाई माफियाहरुले टिपरले किचेर हत्या गरे । घटनापछि धनुषा तनावग्रस्त बनेको छ ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन्। टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।युवको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। राजनीति र प्रहरीको संरक्षणमा नै देशभरी नै यस्ता समूह सक्रिय हुँदै गएका छन् ।

पछिल्लो समय स्थानीय निकायका जनप्रतिनिधि, ठेकेदार, स्थानीय गुण्डा देखि प्रशासनको मिलेमतोमा अवैध रुपमा गिट्टीबालुवा उत्खनन उत्कर्षमा पुगेको छ । यस क्षेत्रमा गुण्डाराज मौलाएर माफियाराज चल्न थालेको छ । दलीय सदस्यता लिएका गुण्डाहरु सक्रिय भएर अवैध तरिकाले प्रकृतिको निमर्म दोहन गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
अफगान शरणार्थी भन्छन् – “घर फर्कन हामीलाई शान्तिपूर्ण वातावरण र जमिन चाहियो”
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
जय देवकोटाको नयाँ लोकदोहोरी जूनकीरी बजारमा (भिडियोसहित)
जय देवकोटाको नयाँ लोकदोहोरी जूनकीरी बजारमा (भिडियोसहित)
शृंखलालाई अरु देशबाट पनि मिल्यो साथ !(भिडियो)
शृंखलालाई अरु देशबाट पनि मिल्यो साथ !(भिडियो)
६४ प्रहरी निरीक्षकको बढुवा सिफारिस(सूचिसहित)
६४ प्रहरी निरीक्षकको बढुवा सिफारिस(सूचिसहित)
बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद
बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद
महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी
महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत
आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना
सेक्स काण्डमा पक्राउ परे चर्चित हेरोइनहरु !!!
सेक्स काण्डमा पक्राउ परे चर्चित हेरोइनहरु !!!

तपाईंले छुटाउनुभयो कि?