फेरि अर्को चुनाव – राष्ट्रियसभाको चिन्ता आयोगलाई

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ ६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
फेरि अर्को चुनाव – राष्ट्रियसभाको चिन्ता आयोगलाई

सारांश

  • काठमाडौं, ६ माघ- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको अनुकूल वातावरण बनाउन सरकासँग अपील गरेको छ ।
  • प्रदेश राजधानीको नाममा विभिन्न जिल्लामा आन्दोलन हुँदा चुनावको वातावरण बन्न नसकेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।
  • संविधान अनुसार संघीय संसद्लाई पूर्णता दिन राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५ बमोजिमे पुस २१ को मन्त्रिपरिषद् वैठकबाट माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन तोकिसकेको छ ।

काठमाडौं, ६ माघ- निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको अनुकूल वातावरण बनाउन सरकासँग अपील गरेको छ । प्रदेश राजधानीको नाममा विभिन्न जिल्लामा आन्दोलन हुँदा चुनावको वातावरण बन्न नसकेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ ।

संविधान अनुसार संघीय संसद्लाई पूर्णता दिन राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ५ बमोजिमे पुस २१ को मन्त्रिपरिषद् वैठकबाट माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन तोकिसकेको छ ।

सरकारबाट निर्वाचनको मिति तोकिए लगत्तै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरी निर्वाचनको तयारीलाई तीव्र बनाएको आयोगले जनाएको छ ।

सरकारले सात वटा प्रदेशमा तत्काल कार्य सञ्चालनका लागि प्रदेश प्रमुखको कार्य सञ्चालन मुकाम तोकिएपछि कतिपय जिल्लामा राष्ट्रियसभा सदस्यको कार्यक्रमलाई अगाडि बढाउन असर पर्ने किसिमको वातावरण देखिएको भन्दै वातावरण बनाउन आयोगको ध्यानाकर्षण गराएको हो ।

आयोगले उच्च अदालत रहेका जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय पुस २९ मा स्थापना गरी माघ ७ गते सातवटै प्रदेशमा मतदाता नामावली प्रकाशन गर्ने तथा माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेसमेत कार्यक्रम राखेको छ ।

विशेष गरी दाङ र डोटीमा असहज वातावरण देखिएकाले सरकार, राजनीतिक दल, प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेशसभाका सदस्यहरू, आमसञ्चारकर्मी, नागरिक समुदाय एवं सबै सरोकारवालासँग निर्वाचनको अनुकूल वातावरण बनाइदिनका लागि निर्वाचन आयोगले अपील गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?