धनतेरसको दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २८, २०७७
|
|
३५ पटक हेरिएको
Shares
धनतेरसको दिन सुनको मूल्य बढ्यो, तोलाको कति ?

सारांश

  • धनतेरसको दिन सुनको मूल्यमा वृद्धि भएको छ ।
  • कार्तिक २८ गते, शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।
  • नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापवाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

धनतेरसको दिन सुनको मूल्यमा वृद्धि भएको छ । कार्तिक २८ गते, शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापवाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँमा र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुनको भाउ घटेर प्रतितोला ९४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी पछिल्लो तीन दिन लगातार प्रतितोला एक हजार २२० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज धनतेरस पर्व भएकाले मानिसहरु सुनचाँदी किन्ने गर्दछन् जसकारण सुनचाँदी पसलहरुमा भिडभाड भएको छ । यद्यपी अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष भने यस व्यवसाय प्रभावित बनेको छ । कोरोना महामारीका कारण यसको प्रभाव व्यवसायमा परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?