धनुषाका यी कोरोना संक्रमित जो २० दिनदेखि काठमाडौँमा गाडी चलाइरहेका थिए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ६, २०७७
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • धनुषामा फेला परेका कोरोना संक्रमित करिब २० दिनदेखि काठमाडौँमा रहेको खुलेको छ।
  • सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैचोटी ५३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका मध्ये एक जना संक्रमित धनुषाको रहेको उल्लेख छ।
  • तर धनुषा स्थायी ठेगाना भएपनि २८ वर्षीय संक्रमित करिब २० देखि काठमाडौँमै रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिएका छन्।

धनुषामा फेला परेका कोरोना संक्रमित करिब २० दिनदेखि काठमाडौँमा रहेको खुलेको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैचोटी ५३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका मध्ये एक जना संक्रमित धनुषाको रहेको उल्लेख छ।

तर धनुषा स्थायी ठेगाना भएपनि २८ वर्षीय संक्रमित करिब २० देखि काठमाडौँमै रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिएका छन्। संक्रमित धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ४ अरेरवाका निवासी हुन्।

संक्रमित पुरुष गाडी चालक रहेको हुँदा कामको शिलशिलामा काठमाडौँसहित विभिन्न ठाउँमा गएको खुलेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?