पूर्वयुवराज पारस खतरामुक्त छैन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
पूर्वयुवराज पारस खतरामुक्त छैन

सारांश

  • काठमाडौं  ।
  • पूर्व युवराज पारस शाहलाई तेस्रो पटक ह्रदयघात भएपछि मुटुमा स्टेन्ट प्रत्यारोपण गरिएको छ ।
  • छाती दुखेपछि उनलाई सोमबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौं  । पूर्व युवराज पारस शाहलाई तेस्रो पटक ह्रदयघात भएपछि मुटुमा स्टेन्ट प्रत्यारोपण गरिएको छ । छाती दुखेपछि उनलाई सोमबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो । यसअघि बैंककमा ह्रदयघातपछि मुटुको स्टेन्ट हालिएको ठाउँमै यसपटक समस्या देखिएको हो ।

शाहलाई मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्ट र डाक्टर जेपी जैसवालको निगरानीमा स्वास्थ्य उपचार गरिरहेको छ । अस्पताल स्रोतका अनुसार उनको स्थिती स्थिर रहेपनि खतरामुक्त छैन् ।

उनको मुटुमा २०७२ साल साउन १० गते नर्भिकमै मुटुको चाल नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेवल कार्डियोभर्टर डेफिब्रिलेटर(आईसिडी) समेत छातीमा प्रत्यारोपण गरिएको थियो । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?