नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २५, २०८१
|
१
|
४७ पटक हेरिएको
Shares
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

सारांश

  • काठमाडौं।
  • नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ ।
  • मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

काठमाडौं। नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।

यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदम राज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्युटर अपरेटर विनोद भण्डारीलगायतलाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको हो ।

उनीहरुले विभिन्न मितिमा यातायात व्यवस्था विभागको विद्युतीय प्रणालीमा सवारी चालक अनुमती पत्र सम्बन्धि कुनै प्रक्रिया सुरु नगरेको, लिखित तथा ट्रायल परीक्षामा सहभागी नभएका, ढड्डा तथा साविकको पुरानो डीएल प्रणालीमा कुनै अभिलेख नरहेको आरोप पत्रमा उल्लेख छ ।

त्यस्तै, उनीहरुको संलग्नतामा शक्तिबहादुर खत्री, हर्षबहादुर सिञ्जालीलगायतका व्यक्तिहरुको विवरण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा प्रवृष्ठ नगरी नक्कली विवरण प्रणालीमा इन्ट्री गर्दा नवीकरण गर्न मिल्ने गरी मिति र विवरण इन्ट्री गरी सो विवरणका आधारमा बायोमेट्रिक गराइ नक्कली सवारी चालक अनुमति पत्र वितरण भएको आरोप पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    best iptv smarter

    Thank you for the auspicious writeup It in fact was a amusement account it Look advanced to more added agreeable from you By the way how could we communicate

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याे एजेन्डालाईअनुमोदन गर्दै एकता संयोजन समितिको बैठक सकियाे
याे एजेन्डालाईअनुमोदन गर्दै एकता संयोजन समितिको बैठक सकियाे
१६ वर्षमा लेखापालको झण्डै ६ करोड कमाई तर वैध ८८ लाख मात्र
१६ वर्षमा लेखापालको झण्डै ६ करोड कमाई तर वैध ८८ लाख मात्र
अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षाको दायरामा
अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षाको दायरामा
अधिकमासका कारण तिहारमा फूलको व्यापार प्रभावित हुन सक्ने
अधिकमासका कारण तिहारमा फूलको व्यापार प्रभावित हुन सक्ने
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
मनाङमा पानी भयो बरफ, खोलामा बग्न छाड्यो पानी (हेर्नुहोस् ४ तस्बिरमा)
‘सामुदायिक क्याम्पस गाभिने’
‘सामुदायिक क्याम्पस गाभिने’
‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’
‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने
आत्मघाती बम आक्रमणमा दुई पत्रकारकाे मृत्यु !
आत्मघाती बम आक्रमणमा दुई पत्रकारकाे मृत्यु !

तपाईंले छुटाउनुभयो कि?