वेष्टइण्डिज सेमिफाइनल दौडबाट बाहिरियो

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
३९ पटक हेरिएको
Shares
वेष्टइण्डिज सेमिफाइनल दौडबाट बाहिरियो

सारांश

  • काठमाडौं ।
  • भारतले विश्व कप क्रिकेटमा बिहीबार वेष्टइण्डिजलाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
  • भारतले आफ्नो छैटो खेलमा बिहीबार वेष्टइण्डिजलाई १२५ रनले पराजित गरेको छ ।

काठमाडौं । भारतले विश्व कप क्रिकेटमा बिहीबार वेष्टइण्डिजलाई पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ । भारतले आफ्नो छैटो खेलमा बिहीबार वेष्टइण्डिजलाई १२५ रनले पराजित गरेको छ । म्यानचेष्टरमा पहिला ब्याटिंग गर्दै भारतले दिएको २६९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज ३४ ओभर २ बलमा १४३ रन बनाउँदा अलआउट भयो । लगातार विकेट गुमाएको वेष्टइण्डिजका एकमात्र ब्याट्सम्यान सुनिल एम्ब्रिसले ३० प्लसको स्कोर बनाए। अन्य ब्याट्सम्यानले सामान्य प्रदर्शन गरे । भारतका लागि मोहम्मद शामीले ४ विकेट लिए । यस्तै जसप्रित बुमराह र युजवेन्द्र चहलले २–२ विकेट लिए भने हार्दिक पंड्या कुलदीप यादवले १–१ बाँडे ।

जितसँगै भारतले अपराजित रहँदै ६ खेलमा ११ अंक जोडेको छ । भारत अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । न्यूजिल्याण्ड तेस्रो स्थानमा धकेलिएको छ । शीर्ष स्थानमा भने अष्ट्रेलिया छ । इंग्ल्याण्ड चौथो स्थानमा छ । उता हारपछि २ खेल बाँकी रहँदै वेष्टइण्डिजको सेमिफाइनल यात्रा समाप्त भएको छ ।

उसले ७ खेलमा एकमात्र जित पाकिस्तानविरुद्ध पाएको थियो । जितसँगै भारत पनि सेमिफाइनलका लागि लगभग पक्का भएको छ । हाल अंक तालिकामा ११ अंक जोडेको भारतको नेटरन रेट अन्य प्रतिस्पर्धी टिमभन्दा राम्रो रहेकाले भारत बाँकी ३ खेलमा पराजित भए पनि सेमिफाइनलका लागि क्वालिफाइ गर्न सक्नेछ ।

भारतले अब इंग्ल्याण्ड, बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ । न्यूजिल्याण्डको पनि ११ अंक छ र उसको पनि रनरेट भारतपछि सबैभन्दा राम्रो छ । उसले अब दुई खेल इंग्ल्याण्ड र अष्ट्रेलियासँग खेल्न बाँकी छ । सेमिफाइनलको दौडमा हाल इंग्ल्याण्ड, पाकिस्तान, श्रीलंका र बंगलादेश पनि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?