संस्थानलाई सत्ताको बोझ

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २५, २०७५
|
|
५० पटक हेरिएको
Shares
संस्थानलाई सत्ताको बोझ

सारांश

  • काठमाडौं २५ पुस ।
  •  सार्वजनिक संस्थानहरूको अवस्था भद्रगोल छ।
  • हरेक पटक सरकार फेरिँदा केही राम्रो गर्ला कि भन्ने आशा पलाउँछ।

काठमाडौं २५ पुस । सार्वजनिक संस्थानहरूको अवस्था भद्रगोल छ। हरेक पटक सरकार फेरिँदा केही राम्रो गर्ला कि भन्ने आशा पलाउँछ। तर, सरकार संस्थानको कार्यक्षमता सुधार गर्न होइन, राजनीतिक नियुक्तिको अखडा बनाउन तल्लीन देखिन्छ। अहिलेको सरकार पनि त्यही गरिरहेको छ। कर्मचारीको व्यवस्थापनमा सुधार, क्षमता र दक्षताका आधारमा नियुक्ति गरी उनीहरूसँग सरकारले कार्यसम्पादन सम्झौता गर्नुपर्नेमा उल्टै संस्थानलाई कार्यकर्ता व्यवस्थापन गर्ने थलो बनाउन सुरु गरिएको छ।

सरकारले गएको असोजमा नेपाल वायु सेवा निगममा झापाका मदन खरेललाई कार्यकारी अध्यक्षको नियुक्ति दियो। जबकि वायु सेवा निगमको व्यवस्थापन प्रमुखको रुपमा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार कार्यरत थिए। खरेललाई प्रधानमन्त्रीसँगको निकटताका आधारमा उक्त पदलाभ भएको जानकारहरु बताउँछन्। खरेलको नियुक्तिलगत्तै निगमले पत्रकार सम्मेलन गरेर सरकारसँग २० अर्ब रूपैयाँ माग गरेको थियो। विगतमा पनि नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष हुँदा सुगतरत्न कंसाकार र तत्कालीन प्रबन्ध निर्देशक क्याप्टेन केबी लिम्बुबीचको खटपटका कारण एकपछि अर्को समस्या सिर्जना भएका थिए। खरेलको नियुक्तिपछि धेरैले वायु सेवा निगममा त्यस्तै खटपट दोहोरिने लख काटेका थिए। यद्यपि वायु सेवा निगमको वाइडबडी खरिद काण्डका कारण दुई कार्यकारी पदको टकराव भने सतहमा देखिएको भने छैन।

ठूलै रमिता देख्न पाइन्छ– गोरखापत्र संस्थानमा। गोरखापत्र संस्थानमा अघिल्लो सरकारले नियुक्त गरेका महाप्रबन्धकलाई वर्तमान सरकारले हटाएको थियो। तर सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएपछि सरकारले यसअघि नभएको अध्यक्ष पद सिर्जना गरेर कृष्णमुरारी भण्डारीलाई नियुक्ति दियो। त्यसपछि व्यवस्थापन, प्रिन्टिङ र लेखा सल्लाहकारको पदमा टीकाराम राई र पछिल्लो पटक सल्लाहकार सम्पादक भनेर गोपाल खनाल नियुक्त भएका छन्।

नेपाल टेलिभिजनमा पनि पार्टीगत निकटताका आधारमा महेन्द्र विष्टलाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ। केही दिन अघि मात्र दूग्ध विकास संस्थानको सञ्चालक समिति सदस्यमा सरकारले शीतलकाजी श्रेष्ठलाई नियुक्त गरेको छ। अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?
विमानस्थालबाट बरामद गरिएका ६ वटा बाकसमा के थियो ?
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री
तनहुँमा वार्षिक १७ लाख लिटर दूध बिक्री
जुम्लामा नदीले बगाउँदा एकको मृत्यु
जुम्लामा नदीले बगाउँदा एकको मृत्यु
जनगायक जीवन शर्माको राजिनामा अस्वीकृत, रक्तिमको सम्मेलन आज
जनगायक जीवन शर्माको राजिनामा अस्वीकृत, रक्तिमको सम्मेलन आज
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस
जिल्ला समन्वय समिति दोलखामा एमालेको प्यानलै बिजयी, निस्कियो विजयी जुलुस
पूर्वराजालाइ प्रधानमन्त्री अाेलीकाे चेतावनी !
पूर्वराजालाइ प्रधानमन्त्री अाेलीकाे चेतावनी !
माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
माधव नेपालले ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अबको बैठकबाट निर्णय गरौं’ भनेपछि
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

तपाईंले छुटाउनुभयो कि?