धरानमा हृयाट्रिक गर्ने यस्तो छ एमालेको हिसाब,अन्तिम परिणामः

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
धरानमा हृयाट्रिक गर्ने यस्तो छ एमालेको हिसाब,अन्तिम परिणामः

सारांश

  • १६ वडाको गणना सकिँदा एमाले ११ र कांग्रेस ५ वडामा बिजयी                                                                                                                                                                             २६ असार, धरान ।
  • दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब धरान उपमहानगरपालिकाको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ ।
  • गणनामा पटक-पटक विवाद भएका कारण धरानको परिणाम ढिलो भएको हो ।

१६ वडाको गणना सकिँदा एमाले ११ र कांग्रेस ५ वडामा बिजयी                                                                                                                                                                             २६ असार, धरान । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब धरान उपमहानगरपालिकाको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । गणनामा पटक-पटक विवाद भएका कारण धरानको परिणाम ढिलो भएको हो ।२६ असार, धरान । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये अब धरान उपमहानगरपालिकाको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । गणनामा पटक-पटक विवाद भएका कारण धरानको परिणाम ढिलो भएको हो ।

अब कुनै व्यबधान आएन भने धरानको अन्तिम मत परिणाम आज साँझसम्म आउन सक्छ । भर्खरै १६ नम्बर वडामा एमालेको प्यानल जितेपछि अब ११, १५ र १७ नम्बरको गणना सकिन बाँकी छ । ती तीनै वडाको मतगणना भइरहेको छ ।

करीव ८ हजार जति मत गन्न बाँकी हुँदा मेयरमा एमालेका उम्मेदवार तारा सुब्बाले करीव साँढे ३ हजार र उपमेयरमा मञ्जु भण्डारी सुवेदीले करीव ४ हजारको अग्रता लिएका छन् । यो भनेको धरानमा एमालेको जित करीवकरीव सुनिश्चित हो ।

पछिल्लो मतपरिणाम अनुसार मेयर र उपमेयर दुवै पदमा एमालेको फराकिलो अग्रता छ । एमालेका मेयर उम्मेदवार सुव्बाले १५ हजार ४३५ का साथ अग्रता लिइरहेका छन् ।

उनलाई नेपाली कांग्रेसका तिलक राईले १२ हजार ६९८ मतका साथ पछ्याइरहेका छन् । मेयरमा माओवादी, संघीय समाजवादी फोरमसहित ८ दलका साझा उम्मेदवार अइन्द्रविक्रम बेघाले ८ हजार ७८४ मत पाएर तेस्रो स्थानमा छन् ।

उपमेयरमा एमालेकै मन्जु भण्डारीको अग्रता छ । उनी १५ हजार ६९४ मतका साथ पहिलो स्थानमा छिन् भने कांग्रेसकी श्याम रेग्मीको मत ११ हजार ५५३ मत छ । आठ दलीय गठवन्धनवाट उपमेयरका उम्मेदवार संघीय समाजवादी फोरम नेपालका पारस काम्माङ राईले ३ हजार ६३६ मत पाएको अवस्था छ ।

वडामा पनि एमाले नै हाबी

धरान उपमहानगरपालिकामा २० वटा वडा छन् । अहिलेसम्म १६ वडाको गणना सकिँदा ११ वडामा एमालेले विजय भएको छ । ती सबै वडामा मेयर र उपमेयरमा पनि एमालेकै मत बढि आयो । एमालेले जितेका वडाहरुमा ३, ४, ६, ७, ८, ९, १०, १२, १३, १९ र २० हुन् । १६ नम्बर वडाको डेढ सय भोटमात्र गन्न बाँकी रहँदा एमालेले फराकिलो अग्रता लिएकाले त्यहाँ जित पक्का छ ।

यसैगरी कांग्रेसले ५ वटा वडा जितेको छ । कांग्रेसले जितेका वडाहरु १, २, ५, १४ र १८ हुन् । गणना भइरहेका बाँकी वडाहरुमा कांग्रेसको अग्रता छैन ।

मतणना भइरहेको वडा नम्बर ११ र १५ मा मेयर र उपमेयरसहित एमालेको प्यानलले करीव ५ सय मतले अग्रता लिएको छ । १७ नम्बर वडामा वडाध्यक्षमा माओवादीको करीव ३ सय मतको अग्रता छ । तर, मेयर र उपमेयरमा भने एमालेकै उम्मेदवारको अग्रता छ ।

प्रत्येक वडामा ३ देखि ५ सय मतको अग्रता भइरहेकाले अन्तिम परिणाम सार्वजनिक हुँदा ५ हजारसम्मको मतान्तरमा मेयर उपमेयर जित्ने आँकलन गरिएका एक एमाले नेताले बताए ।
शुरुमा वडा नम्बर १ गणना गर्दा अग्रता लिएको कांग्रेसलाई उछिनेर अघि बढेको एमालेले त्यसयता पछि फर्किनु परेको छैन । तारा सुब्बाको टिमको बिजयसँगै धरानमा एमालेको हृयाटि्रक हुनेछ । यसअघि २०४९ मा एम्ाालेका ध्यानवहादुर राई र २०५४ मा एमालेकै मनोज मेन्याङबो मेयर निर्वाचित भएका थिए ।

पुनःगणनामा एमाले नै विजयीः सभागृह बाहिर भिडभाड

एमालकोे धरानमा बिजय सुनिस्चित भएको भन्दै कार्यकर्ता र शुभेच्छुकहरु सभागृह अगाडि जम्मा हुन थालेका छन् ।

निर्वाचन आयोगले आजै साँझ ५ बजेसम्म मतगणना सक्ने गरी तीन चार ठाउँमा गणना अघि बढाएको छ ।

यसअघि ९ र १० वडाको गणनाका क्रममा अरु पार्टीको मत एमालेमा जोडिएको भन्दै विवाद भएपछि पुनः गणना भएको छ । पुनः मतगणनामा एमालेले दुवै वडा जितेको छ । धरान उपमहानगरमा जित सुनिश्चित भएको भन्दै एमाले नेताहरु पनि धरानतिर जम्मा भएका छन् । सुनसरीका धेरै स्थानीय तहमा पराजय भोगेको एमालेलाई दुई उपमहानगर इटहरी र धरानले राहत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तह निर्वाचनमा थोरै मत अन्तरले जित्ने भागयमानी हरु को को ? हेर्नुहोस नाम लिस्ट

संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

यी नेताले ओलीसँगै मन्त्रीको सपथ लिँदैछन्

कोभिड-१९ को स्वास्थ्य संकटकाल समाप्त भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा

टिपर दुर्घटनामा चालकको मृत्यु
टिपर दुर्घटनामा चालकको मृत्यु
नारायणगढ–मुग्लिन सडकखण्डमा चालकको लापरबाहीले सवारी जाम बढी

प्रधानमन्त्रीलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले के निर्देशन दिइन ?

कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको रातो पासपोर्ट खारेज

संसारकै खतरनाक रोग इबोलाको नेपालीले पत्ता लगाए औषधि

तपाईंले छुटाउनुभयो कि?