धर्म परिवर्तनले धार्मिक द्वन्द्वको खतरा : कमल थापा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
धर्म परिवर्तनले धार्मिक द्वन्द्वको खतरा : कमल थापा

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00
उर्लाबारी। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले धर्म परिवर्तनले धार्मिक द्वन्द्व निम्तिने खतरा रहेको बताएका छन्। पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा मोरङको उर्लाबारीमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष थापाले उक्त कुरा बताएका हुन्।
धर्म परिवर्तनले नेपालको पहिचान संकटमा पर्ने, सदियौंदेखि कायम रहेको धार्मिक सद्भाव र एकता खल्बलिने खतरा रहेको उल्लेख गरे। आफू कुनै धर्मको विरोधी नभएको भन्दै हिन्दू सनातन धर्मको रक्षाका लागि अभियान थालेको उनको भनाइ थियो। 
लोभ, लालच, प्रलोभन दिएर र भ्रम सिर्जना गराएर धर्म परिवर्तन गर्ने कार्यले  बौद्ध, किरात धर्म समेत संकटमा परिरहेको बताउँदै त्यसलाई रोक्न नसके ठूलो द्वन्द्व निम्नि सक्ने उनको भनाइ छ । उनले आफू सबै धर्मबीच समानता र स्वतन्त्रताको पक्षमा रहेको प्रष्ट पारे। हिन्दु राष्ट्र भन्दा अन्य धर्मावलम्बी चिन्तित हुनु नपर्ने उनको भनाइ छ।
‘हिन्दु राष्ट्र हुँदा धर्मको आधारमा शासन गर्ने कानुन बनाउने होइन’, थापाले भने, ‘मुलुकको पहिचान र अस्तित्वको निमित्त यो मुद्दा आवश्यक छ।’  बुधबार ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको तेस्रोे दिन मोरङका विभिन्न स्थानमा सभा गर्ने राप्रपा प्रदेश नं. १ का सदस्य पूर्ण वाइबाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?