धुर्मुस-सुन्तलीले बाढीपीडितलाई आज घर दिँदै, सबैलाई चुले निम्तो
सारांश
- काठमाडौं, २३ माघ – धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा निर्माण गरिएको सन्तपुर एकीकृत नमूना मुसहर बस्ती आज हस्तान्तरण हुँदैछ ।
- कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि बनाइएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गर्न लागिएको हो।
- धुर्मुस अर्थात सीतारामले बस्ती हस्तान्तरण गर्न पाउँदा निकै खुसी हुँदै सबैलाई चुले निम्तो दिएका छन् ।
काठमाडौं, २३ माघ – धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा निर्माण गरिएको सन्तपुर एकीकृत नमूना मुसहर बस्ती आज हस्तान्तरण हुँदैछ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि बनाइएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर आज एक कार्यक्रमका बीच हस्तान्तरण गर्न लागिएको हो। धुर्मुस अर्थात सीतारामले बस्ती हस्तान्तरण गर्न पाउँदा निकै खुसी हुँदै सबैलाई चुले निम्तो दिएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, भुकम्प जान्छ पीडा हामी नेपालीलाई नै हुन्छ, शितलहरको सिकार हामी नै हुनपर्छ । बाढी र डुबानको चपेटाले हामीलाई नै च्याप्छ,ु उनी थप्छन्, ुतर हरेक विपदले हामीलाई पीडा दिए पनि हाम्रो मन त्रसित छैन १ विशाल मनका धनीहरु एकजुट हुँदाको परिणाम हो ‘एकीकृत नमूना सन्तपुर बस्तीु । बाढीका कारण विस्थापित एवं घरबारविहीन भएका सयौं परिवारको अझै बिचल्ली छ ।’
‘तिनैमध्ये हाम्रो आँट अनि हजुरहरुको सहयोग र हौसलाले ४७ परिवारलाई घरसहितको सुन्दर बस्ती हस्तान्तरण माघ २३ गते गर्दैछौं । यो खुशीको क्षणमा हामी हाम्रा सम्पुर्ण सहयोगी हात, शुभेच्छुक तथा शुभचिन्तकको उपस्थितिको अपेक्षामा छौं । सबैको साझा प्रयासबाट बनेको यो बस्ती सबैजना मिलेर हस्तान्तरण गरौं, सबैलाई चुले निम्तो ।’
गत असोज ४ गते शिलान्यास गरिएको नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत बनेका छन्। गत साउनमा आएको बाढीले त्यस गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो। करिब ५ करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफै खटेर काम गर्दै आएका थिए। माघ २६ गते बस्ती हस्तान्तरण गर्ने उद्घोष गरेका उनले तीन दिन अघि नै बस्ती हस्तान्तरण गर्दैछन् ।
प्रतिक्रिया