धुलिखेल–खावा सडक बिस्तार ढिलाइ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ७, २०७९
|
|
६२ पटक हेरिएको
Shares
धुलिखेल–खावा सडक बिस्तार ढिलाइ

सारांश

  • काठमाडौँ।
  • काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ ।
  • सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।

काठमाडौँ। काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।

निर्माणको सुरु भएको नौ महिना बितिसक्दा १० प्रतिशत मात्रै काम भएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालीबीच सम्झौता गरेको थियो ।

मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्न लागिएको छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो ।

कार्यालयका इञ्जिनियर नेत्र देवकोटाले काममा ढिलाइ भएपछि कार्यालयले यस अवधिमा सात वटा पत्र काटेर ढिलाइ हुनुका कारण सोधेको जानकारी दिए। सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रू २० करोड १९ लाखमा सम्झौता गरिएको थियो ।

कार्यालयका अनुसार निर्माण व्यवसायीले हालसम्म कुनै पत्रको जवाफ पठाएका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्को खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेको जनाएको छ । कार्यालयबाट पटक, पटक मौखिक एवं लिखित निर्देशन दिएको तथा गत माघ १० र फागुन ७ मा निर्माण कम्पनीका अध्यक्षलगायतको संयुक्त बैठकमा प्रतिबद्धता गरेअनुसार काम नभएकाले स्पष्टीकरण सोधिएको देवकोटाको भनाइ छ ।

सडक स्तरोन्नति तथा विस्तारमा भएको ढिलाइका विषयमा गत फागुन २७ गते जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको सर्वपक्षीय बैठकमा सडक निर्माण तथा मर्मत सम्भारको काम यथाशीघ्र सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको थियो । सम्झौता अनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
एमाले विवाद मिलाउन लागि परेकाहरु किन निराश बने ?
एमाले विवाद मिलाउन लागि परेकाहरु किन निराश बने ?
हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन
हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदाको निधन
ऋषी धमलालाई कारवाही गर्ने लालबाबु पण्डितको चेतावनी
वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय, भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी
वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय, भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी
नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो
नेपालको नयाँ नक्शा पाठ्यक्रमको पुस्तकमा समावेश गरेपछि भारतमा चासो
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
वाईसीएललाई प्रचण्डको निर्देशनः देशमा दक्षिणपन्थी हावा चल्यो, निद्राबाट ब्यूँझनुस्
किन हुन्छ  आन्द्राभित्र आन्द्रा छिर्ने ‘इमर्जेन्सी’ समस्या ?
किन हुन्छ आन्द्राभित्र आन्द्रा छिर्ने ‘इमर्जेन्सी’ समस्या ?
डोटीका तिन सडक कालोपत्र हुँदै
डोटीका तिन सडक कालोपत्र हुँदै
शिक्षक चार : विधार्थी तीन
शिक्षक चार : विधार्थी तीन

तपाईंले छुटाउनुभयो कि?