धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ८, २०७६
|
|
४१ पटक हेरिएको
Shares
धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

भरतपुर। लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ। हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको मंगलबार बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए।
पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको निकुञ्जका वरिष्ठ चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिए। “एक वर्षदेखि धेरै रोगको परीक्षण गरेर उपचार गरियो”, उहाँले भन्नुभयो, “लाखौँ खर्च भयो तर रोग पत्ता लागेन ।” पूजाकली पछिल्लो छ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएको थियो।

पूजाकलीले झण्डै आधा दर्जन छावालाई जन्म दिएकी थिइन्। चिकित्सक श्रेष्ठका अनुसार केन्द्रमा सबैभन्दा धेरै छावा जन्माउने हात्तीमा पूजाकली पनि थिइन्। पूजाकली शव परीक्षणको तयारी भइरहेको छ।

विसं २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो। चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन्। ७४ वर्षसम्मको हात्ती चितवन राष्ट्रिय निकुञ्जमा पालिएको छ। हात्तीको औषत आयु ७० देखि ८० वर्षसम्म हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?