नयाँ जातको गाईको विकास गरिँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
नयाँ जातको गाईको विकास गरिँदै

सारांश

हिमालको लुलु गाईले यहाँको गर्मी सहन सक्ने भएसँगै वैज्ञानिकलाई नयाँ जातको गाई विकास गर्न बाटो खुलेको छ । रामपुरको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा ल्याएका आठ गाईमध्ये तीन वटा गाई ब्याइसकेका छन् । ती गाईले यहाँको तापक्रममा पनि हिमालकै जति दूध दिन सकेका छन् भने त्यहाँको भन्दा बढी मोटाएका छन् ।

अनुसन्धान कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत वुद्धिराम आचार्यका अनुसार मुस्ताङबाट काठमाडौैँमा दुई वर्ष राखेर ती गाई चितवन ल्याइएको थियो । विसं २०७४ को फागुन ८ गते ती गाई र बहर यहाँ ल्याइएका हुन् । आठ वटा गाई र दुई वटा बहर यहाँ ल्याइएको हो । गाईमध्ये तीनवटा ब्याइसकेको, दुई वटा गर्भिणी भएको र अन्य तीन वटा बढी मोटाएका कारण गर्भावस्था कठिन भएको आचार्यले बताउनुभयो ।

हाल ब्याएका गाईले बढीमा दैनिक तीन दशमलव पाँच लिटर दूध दिएका छन् । ती गाईको औषत तौल १५० किलो मात्र रहेको छ । ती गाईले दुई बाच्छी र एक बाच्छो पाएका छन् । जन्मँदा बाच्छाबाच्छीको औषध तौल आठ दशमलव ६३ किलो रहेको थियो ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यले यी गाई यहाँको वातावरणमा सहज बस्न सक्ने भएसँगै अनुसन्धानमा सहजता आएको बताउनुभयो । उहाँका अनुसार लुलु गाई, तराईको स्थानीय जातको सेतो गाई र उन्नत जातको होल स्टेनलाई क्रश गरेर नयाँ जातको उन्नत गाईको विकास गर्न लागिएको छ । यसवाट विकास हुने गाई जुनसुकै तापक्रममा पनि रमाउन सक्ने र दुई स्थानीय जातका गाईको भन्दा धेरै दूध दिन सक्ने उहाँले बताउनुभयो । लुलुको दूधमा फ्याट पाँच दशमलव ८७ प्रतिशत, एसएनएफ नौ दशमलव ३१ प्रतिशत र ल्याक्टोज पाँच दशमलव एक प्रतिशत भएकाले दूधको गुणस्तरमा पनि वृद्धि हुने जनाइएको छ ।

यसरी विकास गरिएका गाईमा तीनवटै गाईको गुण रहने भएकाले बलियो हुने, झट्ट रोग नलाग्नेजस्तो सुकै हावापानीमा टिक्न सक्ने, कम आहाराले पुग्ने आचार्यको भनाइ छ । यहाँ ल्याइएका लुलु गाई समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा रहेको मुस्ताङबाट ल्याइएका हुन् । जबकी यहाँको उचाइ १५० मिटर रहेको छ । दैनिक ४० लिटरसम्म दूध दिने होलस्टेन र तीन लिटर हाराहारी दूध दिने ती स्थानीय जात मिसाएसँगै दूध बढी दिने आचार्यले बताउनुभयो ।

अनुसन्धान शुरु भएको भए पनि यो प्रविधि लामो भएकाले झण्डै १० वर्षसम्म कुर्नुपर्ने आचार्यको भनाइ छ । लुलु गाई तराईमा सफल भएसँगै यसको वंश विस्तार र संरक्षणमा पनि सहयोग पुग्ने देखिएको छ । आचार्यले भविष्यमा लुलुको वीर्य नेपालमा मात्र नभएर विदेशमा पनि बेच्न सकिने बताउनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mostbet UZ Узбекистан букмекер, казино, приложени
सभामुखमा सुवास नेम्वाङ दोहोरिने
सभामुखमा सुवास नेम्वाङ दोहोरिने
सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै
सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै
आज १५७ संक्रमित थप
पाकिस्तानी क्रिकेटमा हलचल,क्रिकेट प्रमुखले किन दिए राजीनामा?
पाकिस्तानी क्रिकेटमा हलचल,क्रिकेट प्रमुखले किन दिए राजीनामा?
सरकारले आचारसंहिता उल्लंघन गरेको छैन: महरा
न्यायालयले संवैधानिक व्यवस्थाअनुसार काम गर्नुपर्छः प्रधानन्यायाधीश मिश्र
न्यायालयले संवैधानिक व्यवस्थाअनुसार काम गर्नुपर्छः प्रधानन्यायाधीश मिश्र
भारतबाट आउनेबाट काठमाडौँ उपत्यकामा कोरोनाको खतरा
भारतबाट आउनेबाट काठमाडौँ उपत्यकामा कोरोनाको खतरा
आगामी पाँच वर्ष पनि पार्टी कब्जा गर्ने दिशामा कांग्रेस सभापति देउवा
आगामी पाँच वर्ष पनि पार्टी कब्जा गर्ने दिशामा कांग्रेस सभापति देउवा
कुबेत इन्टरपोलले लामालाई पक्राउ गर्यो
कुबेत इन्टरपोलले लामालाई पक्राउ गर्यो

तपाईंले छुटाउनुभयो कि?