नवदुर्गा मन्दिर बनाउन १६ वर्षदेखि पदयात्रा

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ५, २०७५
|
|
५९ पटक हेरिएको
Shares
नवदुर्गा मन्दिर बनाउन १६ वर्षदेखि पदयात्रा

सारांश

  • ताप्लेजुङ, ५ वैशाख, मानिस आफ्नो आवश्यकता पूरा गर्न जे काम गर्न पनि तयार हुन्छन् ।
  • अन्य र समाजका लागि भन्दा पनि आफ्नै लागि मात्र जिउने मानिसको संख्या समाजमा धेरै पाइन्छ ।
  • दमकका युवाको स्वभाव भने फरक देखिएको छ ।

ताप्लेजुङ, ५ वैशाख, मानिस आफ्नो आवश्यकता पूरा गर्न जे काम गर्न पनि तयार हुन्छन् । अन्य र समाजका लागि भन्दा पनि आफ्नै लागि मात्र जिउने मानिसको संख्या समाजमा धेरै पाइन्छ ।

दमकका युवाको स्वभाव भने फरक देखिएको छ । त्यहाँका युवा गाउँकै नवदुर्गा मन्दिर बनाउनका लागि विगत १६ वर्षदेखि पदयात्रा गरिरहेका छन् । उक्त मन्दिर स्थापनाका लागि दमकदेखि त्यहाँका युवा पाथिभरासम्म आइपुग्ने गरेका छन् । विसं २०५८ देखि शुरु भएको पदयात्रा यसवर्ष आएर भने टुंगिएको दमकका ४० वर्षीय पदयात्री मदन राईले बताउनुभयो ।

निरन्तर १६ वर्षदेखि पदयात्रा गर्दै आउनुभएका उहाँले हालसम्म थुपै्र अनुभव बटुल्दै आउनुभएको छ । उहाँले पदयात्राका लागि प्रमुख व्यक्तिका रुपमा समेत भूमिका निभाउँदै आउनुभएको छ । “विविध कारणले संख्या घटबढ भए पनि उद्देश्य भने पूरा गरेरै छाड्यौं,” उहाँले भन्नुभयो, “आठ जनाबाट शुरु भएको उक्त पदयात्रा रामनवमीको भोलिपल्टदेखि शुरु हुनेगरेको थियो । तर यसवर्ष भने विद्यार्थीको परीक्षाका कारण चैत २२ गतेदेखि मात्र शुरु भएको राईले जानकारी दिनुभयो ।

समयको अन्तरालसँगै पदयात्रामा युवाको संख्यामा घटबढ भए पनि त्यसको उद्देश्य भने पूरा भइसकेको छ । मन्दिरको दयनीय अवस्थालाई सहज बनाउन नै युवा एकजुट भएर लागेका थिए । पदयात्राका क्रममा अन्य व्यक्ति सहभागी बन्न नसके पनि राईले भने प्रमुख नै बनेर त्यसलाई निरन्तरता दिँदै आउनुभएको थियो । “बाटोमा हिँड्ने क्रममा कतिपय साथी निरन्तर २४ घण्टासम्म बाटो भुलेर हिँड्ने गर्नुभएको छ,” यात्राको रमाइलो क्षणलाई उहाँले राससलाई भन्नुभयो ।

पदयात्राले दमकको नवदुर्गा मन्दिर भएको समुदायमा सकारात्मक परिवर्तन आएको उहाँले जानकारी दिनुभयो ।
युवाले शुरु गरेको नयाँ सोचलाई साथ दिन समुदायका अन्य अग्रज पनि लागि परेका थिए । त्यसमा श्यामकृष्ण ताम्राकार पनि एक हुनुहुन्छ । विगत सात वर्षदेखि सहभागी बन्दै आउनुभएका ताम्राकारले पनि पदयात्राका क्रममा थुप्रै अनुभव बटुल्नुभएको छ । ताम्राकार पाथीभरासम्मको यात्राबाट आफ्नो मनले चिताएको पूरा हुन्छ भन्ने कुरामा पूर्ण विश्वास राख्नुहुन्छ ।

“कहिले एकादशी त कहिले पूर्णिमाको दिन पारेर नै पाथीभरा आइपुग्ने गरेका छौंँ”, उहाँले भन्नुभयो । सात वर्षको यात्रामा कुनै पनि अप्रिय घटना नभएको उहाँले राससलाई जानकारी दिनुभयो । उमेर धेरै भए पनि उहाँ उत्तिकै स्फूर्त हुनुहुन्छ । पाथीभराको आर्शीवादले नै आफू स्वस्थ्य रहेकामा उहाँ विश्वस्त हुनुहुन्छ ।

“ठाउँ ठाउँमा बास बस्दै मन्दिरसम्म आउने गरेका छाँैं,” उहाँले बताउनुभयो । यात्राका क्रममा धेरै थकान भए पनि पाथीभरासम्म पुग्दा आफ्नो दुःख पीडा सबै भुल्ने गरेको उहाँले बताउनुभयो । आफ्नै प्रेरणाबाट नै अन्य युवा सहभागी बनेको उहाँले जानकारी दिनुभयो ।

पदयात्राका लागि शुरुआतमा युवाले नै साथ दिएका थिए । त्यसमा समुदायको पूर्ण साथ र सहयोग रहेको थियो । त्यसमा राई पनि २०६८ सालदेखि पदयात्रामा सहभागी बन्दै आउनुभएको छ । पदयात्रालाई साथ दिन ‘दमकदेखि पाथीभरासम्म’ भन्ने समूह गठन गरी दमकका युवाले साथ दिन थालेका थिए ।

विसं २०७४ मा गठन भएको उक्त समूहले पदयात्राको प्रचारप्रसारको काम शुरु गरेको छ । समाजमा सकारात्मक परिवर्तन ल्याउन समूहको गठन गरिएको समूहका अध्यक्ष अशोक खड्काले जानकारी दिनुभयो । “समूहको प्रमुख उद्देश्य आन्तरिक धार्मिक पर्यटनमा वृद्धि गर्नु र मानवीय सद्भाव बढाउनु नै हो”, उहाँले भन्नुभयो ।

यस वर्षदेखि समूहको प्रमुख मात्र नभइ पदयात्रीका रुपमा नै सहभागी बन्नुभएको थियो । “यात्राको तेस्रो दिन बाटो थाहा नपाएर २३ घण्टासम्म लगातार हिँडेँ,” उहाँले भन्नुभयो । बाटो बिराए पनि आफूले पदयात्रालाई सकारात्मक र महत्वपूर्ण रुपमा लिएको उहाँले बताउनुभयो ।

पहिलो वर्ष भए पनि आन्तरिक पर्यटन बढाउन समूहले आगामी वर्ष पनि निरन्तर पदयात्रा गर्न युवालाई प्रेरित गरिने अध्यक्ष खड्काले जानकारी दिनुभयो । धार्मिक रुपमा समेत आस्था राख्ने २२ वर्षीय अध्यक्ष खड्का पनि अर्काे वर्ष पाथीभरा आउन भाकल राखिएको बताउनुभयो ।
“यस्ता धार्मिक पर्यटनको प्रचार गर्न सके आर्थिक रुपमा पनि उपार्जन हुनसक्छ,” उहाँले भन्नुभयो । धार्मिक पर्यटनमा युवाको विशेष भूमिका रहने उहाँले बताउनुभयो ।

पहिले मन्दिरको जग्गा जम्मा एक कठ्ठा मात्र रहेको तर अहिले आठ कठ्ठासम्मको स्थितिमा आइपुगेको छ । भने मन्दिरको स्थापनाका लागि समुदायबाट श्रमदानलगायत जग्गा समेत हस्तान्तरण हुँदै आइरहेको छ । विशेषगरी दशैंँका समयमा जात्रा लाग्ने उक्त मन्दिरमा भजनकीर्तनका लागि अहिले सत्तलको समेत स्थापना भइसकेको छ । त्यस्तै पक्की र व्यवस्थित भवनसमेत बनिसकेको छ ।

पदयात्राका लागि झापाका युवा धनकुटा, तेह्रथुम, पाँचथर हुँदै हिँडेरै ताप्लेजुङको पाथीभरासम्म आउने गरेका छन् । मन्दिरको स्थापना मात्र नभइ अन्य सामाजिक काम पनि पदयात्राको सहयोगबाट नै गर्ने कुरामा त्यहाँका युवा विश्वस्त छन् ।

पदयात्राका लागि युवाले आवश्यक रकम व्यक्तिगत रुपमा नै खर्च गर्दै आएका छन् । उक्त पदयात्रा नववर्ष २०७५ को अवसर पारेर पूरा भएको थियो । दमकका युवामा जस्तै अन्य युवामा पनि नयाँ सोचको विकास हुन सके समाजको विकास सम्भव छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
नवलपरासीको देवचुली मतदान केन्द्रमा बम बिस्फोट
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा-आराधना गरी मनाइँदै
‘रामनवमी पर्व’ मर्यादा पुरुषोत्तम श्रीरामको पूजा-आराधना गरी मनाइँदै
कोरोना कहरलाई बल्झाउँदै जिद्दी मान्छेको शहर !
कोरोना कहरलाई बल्झाउँदै जिद्दी मान्छेको शहर !
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
गभर्नरको हस्ताक्षर र नम्बर बिना कसरि बजारमा अायाे ५० रुपियाँको नयाँ नोट?
मन्त्रालयमा २-२ सचिव हुँदा द्वन्द्व र किचलो
मन्त्रालयमा २-२ सचिव हुँदा द्वन्द्व र किचलो
मन्त्री बास्कोटाले डा. केसीको अनसन तोडाउने जिम्मा ‘बोक्ने’हरुलाई दिए
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
मंसिर २५ गते बुधबारको राशिफल यस्तो छ
मंसिर २५ गते बुधबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?