नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २४, २०८१
|
|
६३ पटक हेरिएको
Shares
नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो

सारांश

  • नवलपरासी।
  • निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ।
  • नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए।

नवलपरासी। निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ।

नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए।

“वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ” उनले भने, “निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ।”

सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए।

“यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको थियो” उनले भने, “पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो।”

विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए। नारायणगढ बुटवल सडकको एकसय १४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमी सडक पर्दछ।

समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ।  म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको जनाइएको छ।

“निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ” उनले भने, “काम सुरु गर्ने बेलामा फैलिएको कोभिडको महामारी , ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ।”

निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको आयोजना प्रमुख मगरले बताए।

“कति दिन म्याद थप गर्ने भन्ने विषयमा परामर्शदाता र हामी मिलेर छलफल गरिरहेका छौँ” उनले भने, “हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा सिफारिस पठाउँछौं।”

म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा
३१ करोड मागदाबी: पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा
टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो
कम्प्युटर शिक्षा लिन पाउने भएपछि विद्यार्थीहरुमा खुसीयाली
कम्प्युटर शिक्षा लिन पाउने भएपछि विद्यार्थीहरुमा खुसीयाली
आचारसंहिता उल्लंघन गर्दै गोरखाका कांग्रेस उम्मेदवारद्वारा दोस्रो पटक हेलिकोप्टर प्रयोग
आचारसंहिता उल्लंघन गर्दै गोरखाका कांग्रेस उम्मेदवारद्वारा दोस्रो पटक हेलिकोप्टर प्रयोग
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
अमेरिकामा प्रधानमन्त्री ओलीले यी ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसंग भेट्दै
नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो
नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
मध्यराति अपरिचित व्यक्तिद्वारा घरमै कुटपिट : ससुराकाे मृत्यु, बुहारी लक्ष्मी घाइते
मध्यराति अपरिचित व्यक्तिद्वारा घरमै कुटपिट : ससुराकाे मृत्यु, बुहारी लक्ष्मी घाइते
राष्ट्रपति भण्डारी चीन प्रस्थान
राष्ट्रपति भण्डारी चीन प्रस्थान
सिंहदरबारका अघिकांश  कर्मचारीमा ‘ब्लडप्रेसर हाई’
सिंहदरबारका अघिकांश कर्मचारीमा ‘ब्लडप्रेसर हाई’

तपाईंले छुटाउनुभयो कि?