प्राविधिकद्वारा कामकाज ठप्प

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
प्राविधिकद्वारा कामकाज ठप्प

सारांश

  • भोजपुर, १६ फागुन ,स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनीयर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले आठ महीनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो ।
  • समितिले चारबुँदे मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला योजना कार्यान्वयन एकाइमा ज्ञापनपत्र बुझाएको छ ।

भोजपुर, १६ फागुन ,स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनीयर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले आठ महीनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो । समितिले चारबुँदे मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला योजना कार्यान्वयन एकाइमा ज्ञापनपत्र बुझाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा कार्यरत इञ्जिनीयर तथा प्राविधिकले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् । खाइपाइ आएको भौगोलिक प्रोत्साहन भत्ता तत्काल निर्णय गरी मासिकरुपमा उपलब्ध गराउनुपर्ने, प्राविधिकको स्वास्थ्य बीमा तत्काल लागू गर्नुपर्ने, स्थानीय तहमा रहेका प्राविधिकको स्थायित्व र दुर्घटना बीमा तत्काल लागू गर्नुपर्ने र प्राविधिकलाई गाउँमा सहजरुपमा बस्ने व्यवस्था तथा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने अध्यक्ष वसन्तकुमार चौधरी र सचिव दीपककुमार शाहद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

तीन स्वास्थ्य केन्द्र अस्पताल बन्ने

तीन प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेसँगै तीन स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो ।

षडानन्द नगरपालिकाको मूलपानी प्राथमिक स्वास्थ्य केन्द्र, अरुण गाउँपालिकाको प्याउली प्राथमिक स्वास्थ्य केन्द्र र हतुवागढी गाउँपालिकाको घोडेटार प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र सबै स्थानीय तहमा न्यूनतम १५ श्ययाको अस्पताल निर्माण गर्ने कार्यक्रमअनुसार स्तरोन्तति गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । महाशाखाका अनुसार पाँच वषभित्र करीब ६४० स्थानीय तहमा १५ श्ययाका अस्पताल निर्माण गर्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउसी भैलो खेलेको पैसाले हत्केला समाजले बाँढ्यो न्यानो कपडा
देउसी भैलो खेलेको पैसाले हत्केला समाजले बाँढ्यो न्यानो कपडा
Rishi Kapoor and Taapsee Pannu starrer ‘Mulk’ trailer is out!
Rishi Kapoor and Taapsee Pannu starrer ‘Mulk’ trailer is out!
भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
गगन थापालाई शंकर पोखरेलको जवाफ- प्रतिपक्षमै बसेर चुनाव लड्ने चुनौति स्वीकार्य छ
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
सिहदरवारमा पत्रकारहरुलाई सहज पहुँचका लागी गृहमन्त्रीलाई ध्यानाकर्षण
सिहदरवारमा पत्रकारहरुलाई सहज पहुँचका लागी गृहमन्त्रीलाई ध्यानाकर्षण
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
सत्ता गठबन्धनले टुंगायो मुख्यमन्त्रीको भागबण्डा, कुन प्रदेशमा कसको सरकार ?
एक महिनापछि मात्र साञ्जेन र रसुवागढीको साधारण शेयर
एक महिनापछि मात्र साञ्जेन र रसुवागढीको साधारण शेयर
दोस्रो वान डेमा भारतको जीत
दोस्रो वान डेमा भारतको जीत

तपाईंले छुटाउनुभयो कि?