घुँडा टेकेर टिका लगाएकाे रहस्य खाेले प्रधानमन्त्रीका सल्लाहकार मैनालीले !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
घुँडा टेकेर टिका लगाएकाे रहस्य खाेले प्रधानमन्त्रीका  सल्लाहकार मैनालीले !

सारांश

  • काठमाडाै, ६ कात्तिक ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले वर्तमान सरकारको यो ८ महिने कार्यकाल पूर्ण सफल रहेको दाबी गरेका छन् ।
  • उनले भने,‘सरकार असफल भयो भनेर विपक्षी दलले लगाएको आरोपमा कुनै सत्यता छैन् ।

काठमाडाै, ६ कात्तिक ।   प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले वर्तमान सरकारको यो ८ महिने कार्यकाल पूर्ण सफल रहेको दाबी गरेका छन् । उनले भने,‘सरकार असफल भयो भनेर विपक्षी दलले लगाएको आरोपमा कुनै सत्यता छैन् । सरकार अब ‘एक्शन–ओरिएण्टेड’ हुन्छ ।’ यद्धपी उनले जनताको चाहनाअनुसार अहिले काम भने हुन नसकेको स्वीकार गरे ।  मैनालीले भने,‘जनताका आकांक्षा र चाहनाबमोजिम काम हुन सकेका छैनन् । कामहरु भैरहेका छन् तर, जुन रफ्तारमा हुनुपर्ने हो भने त्यो हुन सकेको छैन् । यो सरकारले जुन अवस्थामा आफ्नो जिम्मेवारी सम्हालेको थियो, त्यतिवेला हामी जनताको चाहना सम्बोधन गर्न सक्ने अवस्थामा थिएनौं । जनताको चाहना पूरा गराउने केन्द्रविन्दु भनेको नै बजेट हो ।’ सरकारबारे भैरहेका आलोचनाहरुलाई आफूले स्वभाविक रुपमा लिएको पनि उनले सुनाए ।

उनले मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै यसबारे पार्टीले समिक्षा गर्ने विषय भएको प्रतिक्रिया दिए । उनले भने,‘दशैंपछि मन्त्रिहरु फेरिने भनेर मिडियामा बाहिर चर्चा भएका छन् । तर, यस सम्बन्धमा मैले बोल्नुहुँदैन् । यो त पार्टीले समिक्षा गर्ने विषय हो ।’
उनले प्रधानमन्त्री ओलीले कोशीमा पानीजहाज कुदाउनेदेखि लिएर दुवै देश (भारत र चीन) को रेल काठमाडौं ल्याउने पनि दाबी गरे । उनले भने,‘प्रधानमन्त्रीले आफ्नो कार्यकालमा चमत्कार गर्नुहुन्छ । ओली सरकारबारे विरोधको लागि मात्रै विरोध नर्गुहोस । कोशीमा तिहारपछि चीनको सहयोगमा ‘स्ट्रिमर’ चल्छ ।’

उनले प्रधानमन्त्रीलाई भेट्न कुनै छेकबार नलगाईएको पनि स्पष्ट पारे । उनले भने,‘राजकीय काम र पार्टीगत भेटघाटको चाप छ । यसले गर्दा व्यस्तता देखिएको हो । विदेशी नियोगका प्रमुखहरुसँगपनि भेटघाट भैरहन्छ । तर, हामीले कुनै छेकबार गरेका छैनौं । प्रधानमन्त्रीज्यूको सरल स्वभाव भएको कारणपनि उहाँलाई सिधै भेट्न चाहनुहुन्छ ।’ फरक प्रसँगमा उनले राष्ट्रपति निवास शितलनिवासमा टिका ग्रहण गर्दा घुँडा टेकेको प्रसँगमा व्यापक टिप्पणी भैरहेको सुनाउँदै भने,‘बास्तवमा त्यहाँ सेनाले टिका थाप्ने बेलामा कुर्सी निकालिएको रहेछ । त्यो सेनाको परम्परा हो । त्यसपछि अरुले टिका ग्रहण गर्दा आफ्नो आसनमा लगाउनुभयो । तर, बाहिर ब्यापक बढाईचढाई गरियो ।’ उनले सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको पनि सुनाए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?