नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १९, २०७७
|
|
६७ पटक हेरिएको
Shares
नारायणहिटी राजदरबार हत्याकाण्डको १९ वर्ष

सारांश

  • विसं २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा राजा वीरेन्द्रसहित उनको वंश नै नाश हुने हत्याकाण्ड भएको १९ वर्ष भइसकेको छ ।
  • उक्त घटनाको १९ वर्ष हुँदा पनि उक्त हत्याकाण्डलाई धेरैले अझै पनि रहस्यमय घटनाका रूपमा हेर्ने गरेका छन् ।
  • उक्त हत्याकाण्डपश्चात् गठन भएको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले “आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेको“ भन्ने खालको विवरण सार्वजनिक गरेको थियो ।

विसं २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा राजा वीरेन्द्रसहित उनको वंश नै नाश हुने हत्याकाण्ड भएको १९ वर्ष भइसकेको छ । उक्त घटनाको १९ वर्ष हुँदा पनि उक्त हत्याकाण्डलाई धेरैले अझै पनि रहस्यमय घटनाका रूपमा हेर्ने गरेका छन् ।

उक्त हत्याकाण्डपश्चात् गठन भएको छानबिन समितिले तत्कालीन युवराज दीपेन्द्रले “आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेको“ भन्ने खालको विवरण सार्वजनिक गरेको थियो । तर त्यसलाई धेरैले त्यस बेला पनि पत्याएका थिएनन् र अहिले पनि पत्याउन सकेका छैनन् ।

दरबारमा भएको अकल्पनीय घटनापछि राजपरिवारका सदस्यको उपचारमा संलग्न वरिष्ठ चिकित्सक स्वर्गीय उपेन्द्र देवकोटाले सो घटना दीपेन्द्रले नै योजनाबद्ध रूपमा गराएको हुन सक्ने भए पनि उनी त्यो बेला नसामा नभएको अन्तर्वार्ता दिएका थिए । डा. देवकोटाले दरबारको घटनाको ढाकछोप गर्नका लागि युवराज दीपेन्द्रले लागुपदार्थ खाएको भनिएको अनुमाग गरेका थिए ।

उक्त घटनाबारे नयाँ तथ्य भन्दै केही पुस्तकहरू निस्किएका छन् । तर तिनमा पनि कि त दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको भनिएको छ कि त दीपेन्द्रको मुकुन्डो लगाएका छद्मभेषीले हत्या गरेको भनिएको छ । यद्यपी ती विवरणमा पनि विश्वसनीय आधार दिइएको छैन।

दरबारका भूतपूर्व सैनिक सचिव विवेककुमार शाहको संस्मरण ’मैले देखेको दरबार’ मा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दीपेन्द्रले नै गोली हानेर राजपरिवारका सदस्यहरूलाई मारेको र अन्त्यमा आफैँलाई गोली हानेको लेखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला हत्यामा संलग्न पक्राउ
महिला हत्यामा संलग्न पक्राउ
सन्दिप चम्किँदा म्यानमार २९ रन मै अल अाउट !
सन्दिप चम्किँदा म्यानमार २९ रन मै अल अाउट !
निर्मला प्रकरण : प्रदीप र विशालको डिएनए पनि मिलेन, सरकार थप अप्ठ्यारोमा
निर्मला प्रकरण : प्रदीप र विशालको डिएनए पनि मिलेन, सरकार थप अप्ठ्यारोमा
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे:  योगेश भट्टराई
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे: योगेश भट्टराई
सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप
सर्लाही : चुनावी नतिजाको विषयलाई लिएर कांग्रेस र वाम कार्यकर्ताबिच झडप
यातायात कार्यालयका ३ कर्मचारी रंगेहात पक्राउ
यातायात कार्यालयका ३ कर्मचारी रंगेहात पक्राउ
दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग, मन्त्री श्रेष्ठद्वारा आभार प्रकट
दैवी प्रकोप उद्धार कोषमा ह्याप्पी इनर्जीको २० लाख सहयोग, मन्त्री श्रेष्ठद्वारा आभार प्रकट
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
भदाै एक गतेबाट लागु हुने मुलुकि एेनमा कस्तो अपराधमा कस्तो सजाय ?
अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘घर दैलो’
अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘घर दैलो’
नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन एक खर्ब लाग्ने

तपाईंले छुटाउनुभयो कि?