निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड आवश्यक

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३, २०७५
|
|
४० पटक हेरिएको
Shares
निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड आवश्यक

सारांश

  • संघीय मामिला मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड रुपैयाँका दरले १ सय ६५ निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड रुपैयाँ बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको छ।
  • संघीय मन्त्रालयले गत शुक्रबार अर्थ मन्त्राललाई पत्राचार गरी सो रकम बराबरको वजेट निकासा गर्न प्रस्ताव गरेको हो।
  • अर्थलाई पठाएको प्रस्तावमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाम र सांसदको भूमिका कटौती गरिएको छ।

संघीय मामिला मन्त्रालयले प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड रुपैयाँका दरले १ सय ६५ निर्वाचन क्षेत्रका लागि ६ अर्ब ६० करोड रुपैयाँ बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको छ। संघीय मन्त्रालयले गत शुक्रबार अर्थ मन्त्राललाई पत्राचार गरी सो रकम बराबरको वजेट निकासा गर्न प्रस्ताव गरेको हो।

अर्थलाई पठाएको प्रस्तावमा निर्वाचन क्षेत्र विकास कार्यक्रमको नाम र सांसदको भूमिका कटौती गरिएको छ। अर्थ मन्त्रालयले त्यसमा सहमति जनाए सो प्रस्ताव कानुन मन्त्रालयमा पठाउने संघीयले जनाएको छ। कानुनले पनि सहमति जनाए मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने मन्त्रालयको भनाइ छ। मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले १ सय ६५ निर्वाचन क्षेत्रमा ६ अर्ब ६० करोड दिन अर्थलाई संघीयले प्रस्ताव गरेको बताए।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?