निर्वाचन सम्पन्न भएपछी यस्तो आयो प्रधानमन्त्रीको भनाई

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १५, २०७४
|
|
६१ पटक हेरिएको
Shares
निर्वाचन सम्पन्न भएपछी यस्तो आयो प्रधानमन्त्रीको भनाई

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।
  • “सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहकोे पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ वटै जिल्लाका स्थानीय तहमा अत्यन्त उत्साहपूर्ण मतदान भएको छ ।

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको स्थानीय तहकोे पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का ३५ वटै जिल्लाका स्थानीय तहमा अत्यन्त उत्साहपूर्ण मतदान भएको छ । दशकौँसम्मको अविराम लोकतान्त्रिक सङ्घर्ष–यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर यो स्थानीय निर्वाचनले दिएको छ, ” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै काँग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उल्लेख गर्नुभएको छ ।
संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणको यस राष्ट्रिय महायज्ञमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइले अत्यन्त उत्साह, संयम र धैर्यका साथ आफ्नो मत दिनुभएको बताउँदै उहाँले निर्वाचनमा जनताको साथ, सहयोग र समर्थनले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको छ जनाउनुभएको छ ।
दोस्रो चरणको निर्वाचनमा देखिएको उत्साहजनक जनसहभागिताले आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचन र त्यसपछि हुने प्रदेश र केन्द्रको निर्वाचनको सफलताको पूर्वसङ्केत गरेको उहाँले स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकामा नेपाल सरकार र निर्वाचन आयोग तथा मतदानमा अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत मतदाता सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई आफू र आफ्नो पार्टीका तर्फबाट धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
बोल्डनेस र विवादका कारण चर्चित अभिनेत्री पुनम पाण्डेको निधन
बोल्डनेस र विवादका कारण चर्चित अभिनेत्री पुनम पाण्डेको निधन
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती
प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने: अध्यक्ष दाहाल
प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने: अध्यक्ष दाहाल
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
प्रहरी कार्यालय भित्रै  शव फेला, झुण्डिएको कि झुन्ड्याइएको?
प्रहरी कार्यालय भित्रै शव फेला, झुण्डिएको कि झुन्ड्याइएको?
राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा
राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत !
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत !
‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने
‘ए मेरो हजुर ४’ को शो खुल्यो, टिकेट किन्न सकिने

तपाईंले छुटाउनुभयो कि?