नेता पाण्डे भन्छन् : गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २९, २०७९
|
|
५९ पटक हेरिएको
Shares
नेता पाण्डे भन्छन् : गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ

सारांश

  • गोरखा ।
  • नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताएका छन् ।
  • नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताए ।

गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताएका छन् ।

नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताए ।

“अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो भन्ने कुरा आएको छ”, नेता पाण्डेले भने, “गण्डकी प्रदेशमा मात्र होइन सातवटै प्रदेशमा आलोपालो सरकारको नेतृत्व हुनसक्छ ।”

नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहनुभएका नेता पाण्डेले प्रदेशको निर्वाचनको चुनाव लड्ने क्रममा नै आफूले मुख्यमन्त्रीका लागि गृहकार्य गरेको बताए ।

“प्रदेश सरकारको नेतृत्वको सन्र्दभमा सबै कुराको टुङ्गो प्रदेशमा पनि लाग्दैन”, उनले भने, “यी विषय शीर्ष नेताका बीचमा छलफल भएर केन्द्रीय तहमै टुङ्गो लाग्ने कुरा पनि हुन् ।”

नेकपा (एमाले)को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई नेकपा (माओवादी केन्द्र)ले दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री खगराज अधिकारी सरकार बसिरहनु उचित नहुने उनको भनाइ छ ।

“हामीले सरकार अल्पमतमा परिसक्यो, अल्पमतको सरकारमा बसिरहनु स्वाभिामान देखिँदैन भन्दा पनि उहाँ सरकारमा बसिरहनुभएको छ”, नेता पाण्डेले भने, “अब बहुमत पाउने सम्भावना नभएकाले उचित निकास लागि दिनका लागि पनि सुझाव दिइसकेका छौँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेह्रथुमको अति संवेदशिल सहित सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
तेह्रथुमको अति संवेदशिल सहित सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुँदै
Checkout some inside pictures from Akash Ambani and Shloka Mehta’s pre-engagement Mehendi ceremony!
Checkout some inside pictures from Akash Ambani and Shloka Mehta’s pre-engagement Mehendi ceremony!
नयाँ वर्षदेखि तातोपानी नाका खुल्दै
नयाँ वर्षदेखि तातोपानी नाका खुल्दै
क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
क्षयरोग केन्द्रका निर्देशकको कार्यकक्षमा युवा विद्यार्थी संगठनको तालाबन्दी
मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन
मधेस प्रदेश सरकारमा जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् पुनर्गठन
‘अार्मि अफिसर्स’मा नविनाकाे ‘जनवादी’ विबाह !
‘अार्मि अफिसर्स’मा नविनाकाे ‘जनवादी’ विबाह !
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
नारायणी नदीमा दशैं अघि क्रुजको परीक्षण
नारायणी नदीमा दशैं अघि क्रुजको परीक्षण
आज कतिमा साटिदैछ विदेशी मुद्रा  ?
आज कतिमा साटिदैछ विदेशी मुद्रा ?
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने

तपाईंले छुटाउनुभयो कि?