नेपालद्वारा बंगलादेश पराजित

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ ६, २०७४
|
|
४७ पटक हेरिएको
Shares
नेपालद्वारा बंगलादेश पराजित

सारांश

  • काठमाडौं, माघ ६ ।
  • कतार फुटवल एसोशियसनद्वारा आयोजित छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगादेशलाई २–० ले पराजित गरेको छ ।
  • कतारको दोहा स्टेडियमा आयोजित खेलको पाँचौ मिनेट नेपालले खाता खोलेको थियो ।

काठमाडौं, माघ ६ । कतार फुटवल एसोशियसनद्वारा आयोजित छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगादेशलाई २–० ले पराजित गरेको छ ।

कतारको दोहा स्टेडियमा आयोजित खेलको पाँचौ मिनेट नेपालले खाता खोलेको थियो । भक्त भण्डारीको पासमा इन्द्रजगं लिम्बुले पहिलो गोल गर्न सफल भए । दोश्रो गोल २३ मिनेटमा भयो । त्यसमा भक्त भण्डारीकै पासमा अर्जुन सुब्बाले गोल गरे ।

खेल पुरै नेपाली खेलाडीको कब्जामा थियो । प्रशिक्षक सञ्जिव वाईवाले खेल अवधीभर दर्जनौ अवसर पाउदा गोलमा परिणत गर्न नसकेको वताए । शिव श्रेष्ठको कप्तनीमा खेलाडीहरु मैदानमा उत्रिएका थिए । टिममा पुराना र नयाँ खेलाडीहरु सहभागी थिए ।

कतारमा कार्यरत आप्रवासी समुदायलाई आपसी सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले क्यूएफएले आप्रवासी फुटबल प्रतियोगिता सञ्चालन गर्न थालेपछि नेपालले वलियो टिम वनाई बिभिन्न देशसँग प्रतिस्पर्धा गर्दै आएको अध्यक्ष सञ्जिव रानाभाटले वताए ।

खेलको ‘क’ समूहमा जोर्डन, भारत, फिलिपिन्स, मलेसिया, श्रीलंका र दक्षिण कोरिया छन् । समूह ‘ख’ मा सिंगापुर, जापान, लेवनान, इन्डोनेसिया, बंगलादेश र नेपाल छन् ।यो प्रतियोगिता मार्च ३० सम्म चल्नेछ । नेपालले दोस्रो खेल जापान सँग २६ जनवरीमा मर्किया रङगशाला खेल्दैछ ।

नेपाली फुटबल टिम, कतारका उपाध्यक्ष राजन श्रेष्ठका अनुसार टिममा ‘नेपालको ‘ए’ डिभिजन खेलिसकेका खेलाडीसमेत टिममा छन् । ‘प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्नका लागि वैदेशिक रोजगारीका लागि पलायन भएका उत्कृष्ट खेलाडीलाई टिममा ल्याउने कोसिस गरेका छौं,’ श्रेष्ठले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?