नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो ८ हजार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ५, २०७७
|
|
४७ पटक हेरिएको
Shares
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो ८ हजार

सारांश

  • नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार दुई सय नाघेको छ।
  •  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ भने हालसम्म कोरोनाको संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन्।
  • पछिल्लो २४ घण्टा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार दुई सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ भने हालसम्म कोरोनाको संक्रमणबाट २२ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये जसमध्ये ३ सय ३८ पुरुष र ८८ महिला रहेको स्वास्थ्य मन्त्रालय जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएका संक्रमितहरु झापाका १, मोरङका ३, सर्लाहीका ११, सप्तरीका ४, अछामका ८, बागलुङका १८, बैतडीका ६८, बझाङका ३, बाजुराका ८, धादिङका १, डढेलधुराका ९, मकवानपुरका २, म्याग्दीका १, तनहुँका १९, डोटीका १५, गोर्खाका ११, कैलालीका ४९, कास्कीका ८, काठमाडौँका ३, नवलपरासीका ४, सिन्धुपाल्चोकका २१ र पर्वतका ५ जना रहेका छन्।

यस्तै उदयपुरका २, सिन्धुलीका १, चितवनका १, मकवानपुरका ६, स्याङजाका ३, बागलुङका १४, अर्घाखाँचीका ६, गुल्मीका ३१, कपिलवस्तुका ४, रुपन्देहीका २ र कञ्चनपुरका २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण अहिलेसम्म ७४ जिल्ला फैलिएको छ। यस्तै पछिल्ला २४ घण्टामा २ सय १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय २ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको जानकारी दिए।

डा. गौतमका अनुसार आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ९९ गरी आजसम्म २ लाख ४७ हजार ८ सय ७४ जनाको परीक्षण भएको छ।

शुक्रबारसम्म देशभरीका क्वारेन्टिनमा १ लाख ९ हजार ४ सय ६१ जना र ६ हजार ८ सय ५० जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
उच्च रक्तचापका विरामीले जान्नै पर्ने १० कुरा
उच्च रक्तचापका विरामीले जान्नै पर्ने १० कुरा
सञ्जीव पराजुलीको किन कर्के नजर रिलोडेड with Video
सञ्जीव पराजुलीको किन कर्के नजर रिलोडेड with Video
भैँसी चोरेको आरोपमा पक्राउ
भैँसी चोरेको आरोपमा पक्राउ
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर मनाइँदै
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर मनाइँदै
तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा
तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
विश्वासको मतपछि कोशीका मुख्यमन्त्रीको प्रतिक्रियाः ‘अर्को विकल्प नै थिएन, सर्वोच्चले यसको व्याख्या गर्ला’
आजको राशिफल
आजको राशिफल
माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने
माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वास मत नदिने

तपाईंले छुटाउनुभयो कि?