नेइमारपछिको विश्वकै दोस्रो महंगो खेलाडी कोटिन्हो
सारांश
- एजेन्सी, पुस २३ ।
- ब्राजिलका चर्चित प्ले मेकर फिलिपे कोटिन्हो चर्चित फुटबलर खेलाडी नेइमारपछि दोस्रो मंहगो खेलाडीको सूचीमा पर्छन् ।
- नेइमार १८९ मिलियन पाउन्डमा फ्रान्सेली क्लब पिएसजी गएपछि उनको विकल्पमा बार्सिलोनाले कोटिन्होलाई १४५ मिलियन पाउन्डमा लिभरपुलबाट किनेको हो ।
एजेन्सी, पुस २३ । ब्राजिलका चर्चित प्ले मेकर फिलिपे कोटिन्हो चर्चित फुटबलर खेलाडी नेइमारपछि दोस्रो मंहगो खेलाडीको सूचीमा पर्छन् ।
नेइमार १८९ मिलियन पाउन्डमा फ्रान्सेली क्लब पिएसजी गएपछि उनको विकल्पमा बार्सिलोनाले कोटिन्होलाई १४५ मिलियन पाउन्डमा लिभरपुलबाट किनेको हो ।
नेइमारले छाडेर पिएसजी गएपछि उनको विकल्पको खोजीमा रहेको बार्सिलोनाले २५ वर्षीय कोटिन्होसँग साढे पाँच वर्षका लागि ४ सय मिलियन युरो (३५५ मिलियन पाउन्ड) को सम्झौता गरेको हो । कोउटिन्हो सन २०१३ को जनवरीमा ८५ लाख पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका थिए ।
कोटिन्हो खरिद विक्रीका क्रममा इङ्लिस क्लब लिभरपुल र बार्सिलोनाबीच शनिबार अपरान्ह सम्झौता भएको हो ।
यसै सिजन बार्सिलोनाले ओसुमाने डेम्बेलेलाई जर्मनीको बोरुसिया डर्टमन्डबाट ९७ मिलियन पाउन्डमा भित्र्याएको थियो। कोटिन्होपछि उनी तेस्रा महंगा खेलाडी भएका छन् ।
प्रतिक्रिया