नेपालमा गाँजालाई मान्यता दिन माग
सारांश
- काठमाडौं ८,फागुन।
- बुधबार संसदको बैठकमा बोल्दै सांसद विरोध खतिवडाले नेपालमा गाँजालाई कानुनी रुपमा मान्यता दिन माग गरेका छन् ।
- अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी उनले प्रश्न गरे ।
काठमाडौं ८,फागुन। बुधबार संसदको बैठकमा बोल्दै सांसद विरोध खतिवडाले नेपालमा गाँजालाई कानुनी रुपमा मान्यता दिन माग गरेका छन् ।अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी उनले प्रश्न गरे ।
नेपालमा समातिएका गाजा नष्ट गरे पनि नेपालमै सिंहदरबार बैद्यखानाले गाँजा बाहिरबाट किनेर ल्याउने गरेको पनि सांसद खतिवडाले बताए ।
उनले प्रश्न गरे ‘सम्पन्न मुलुकहरु प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्ने, गरिब मुलुकका चेपाङ र तामाङले जेलमा बिताउनुपर्ने ?
जुन जुन विधि र ढाँचाबाट भए पनि नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्ने सांसद खतिवडाले बताए ।
प्रतिक्रिया