नेपाली कांग्रेसको केन्द्रीय सभापति देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुने !

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन १३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
नेपाली कांग्रेसको केन्द्रीय सभापति देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुने !

सारांश

  • काठमाडौं १३ असोज ।
  • नेपाली कांग्रेसको केन्द्रीय सभापतिसहित पदाधिकारीको निर्वाचन देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुनुपर्ने सुझाव आएको छ ।
  • साथै, केन्द्रीय कार्यसमितिको संख्या १ सय ५१ भन्दा नबढ्ने गरी विधानमा व्यवस्था गर्न पनि सुझाव आएको छ ।

काठमाडौं १३ असोज । नेपाली कांग्रेसको केन्द्रीय सभापतिसहित पदाधिकारीको निर्वाचन देशभरका क्रियाशील सदस्यहरुको मतदानबाट हुनुपर्ने सुझाव आएको छ । साथै, केन्द्रीय कार्यसमितिको संख्या १ सय ५१ भन्दा नबढ्ने गरी विधानमा व्यवस्था गर्न पनि सुझाव आएको छ । पार्टीको सबै तहमा समावेशी कोटाको सम्पूर्ण सदस्यभन्दा कम नहुने गरी खुला कोटाको व्यवस्था गर्नुपर्ने पनि सुझाव आएको छ ।

यस अघि कांग्रेस विधानमा पदेन सदस्यबाहेक बढीमा ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था थियो । संशोधनका लागि छलफल भइरहेको मस्यौदामा १० पदाधिकारीसहित १ सय ३, १ सय २३ र १ सय ३३ सदस्यको केन्द्रीय कार्यसमिति रहने भनी तीन विकल्पसहित प्रस्तुत गरिएको छ । पहिलो प्रस्तावमा सभापति निर्वाचित तथा ३ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री र १ कोषाध्यक्ष मनोनित हुने व्यवस्था गरिएको छ । यसको विकल्पमा सभापति, २ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री र १ कोषध्यक्ष निर्वाचित हुने र १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री मनोनित गर्ने प्रस्ताव ल्याइएको छ । पहिलेको विधानमा सभापति, १ महामन्त्री र कोषाध्यक्ष निर्वाचित गर्ने थियो भने १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री मनोनित गर्ने व्यवस्था थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने  – स्वास्थ्य मन्त्री गगन थापा
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने – स्वास्थ्य मन्त्री गगन थापा
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
प्रदेश नम्बर दुईको सरकारकाे अायु उपेन्द्र यादवको हातमा: अनिल झा
घाँटी थिचेर युवकको हत्या
घाँटी थिचेर युवकको हत्या
संसदीय समितिमा सदस्य हेरफेर, प्रचण्ड र लामिछाने राज्य व्यवस्थामा
संसदीय समितिमा सदस्य हेरफेर, प्रचण्ड र लामिछाने राज्य व्यवस्थामा
जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
मन्दिरको मूर्ति चोरीका ३ अभियुक्त पक्राउ
मन्दिरको मूर्ति चोरीका ३ अभियुक्त पक्राउ
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव

तपाईंले छुटाउनुभयो कि?