सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २५, २०७४
|
|
६२ पटक हेरिएको
Shares
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने

सारांश

  • केही दिन अगाडि मात्र असोज ११ गतेलाइ निर्माता छविराज ओझाले आफू निर्मित चलचित्र ‘मंगलम’को प्रदर्शन मिति तय गरेपछि खुबै चर्चा भयो ।
  • विशेषगरि, यो मितिमा पहिले नै चलचित्र ‘छक्का पन्जा २’ले प्रदर्शन मिति तय गरिसकेको थियो ।
  • छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाइ, पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ ।

केही दिन अगाडि मात्र असोज ११ गतेलाइ निर्माता छविराज ओझाले आफू निर्मित चलचित्र ‘मंगलम’को प्रदर्शन मिति तय गरेपछि खुबै चर्चा भयो । विशेषगरि, यो मितिमा पहिले नै चलचित्र ‘छक्का पन्जा २’ले प्रदर्शन मिति तय गरिसकेको थियो ।

छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा शिल्पा पोख्रेल, पृथ्वीराज प्रसाइ, पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । चलचित्रको एउटा गीत र फस्टलुक पनि रिलिज गरियो ।

 

तर, प्रदर्शन मिति असोज ११ गतेलाइ तोकेको केही दिनमै निर्माता छविराज ओझा पछाडि हटेका छन् । आज भएको लामो छलफलपछि छविले चलचित्र ‘छक्का पन्जा २’लाइ सिंगल रिलिज गर्ने स्थान छोडिदिएका हुन् । अब, छविको चलचित्र फागूण ४ गते रिलिज हुने भएको छ ।

निर्माता दीपकराज गिरीले दुइ निर्माताविच सहकार्य हुनु सुखद कुरा भएको बताउँदै यो शैली सबै निर्मातामा हुनुपर्ने बताए । दीपाश्री निरौला निर्देशित प्रतिक्षारत चलचित्रको गीत, टिजर र ट्रेलर पनि सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई
८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन
निकितालाई बोर्ड अध्यक्षबाट बर्खास्त गर्न मन्त्री बाँस्कोटाको निर्देशन
काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै
काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै
सर्वोच्चमा पाँच न्यायाधीशको नाम सिफारिस (नामसहित)
सर्वोच्चमा पाँच न्यायाधीशको नाम सिफारिस (नामसहित)
कृतज्ञताका साथ मुलुकभर मनाइँदै गुरु पूर्णिमा
कृतज्ञताका साथ मुलुकभर मनाइँदै गुरु पूर्णिमा
निर्मला पन्त हत्याकाण्ड : ४८ दिनपछि अनुसन्धान झर्यो शून्यमा
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यले गति लिँदै
विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यले गति लिँदै
जिया खानको हत्या कि आत्महत्या ? यसरी खुल्नेछ अब रहस्य
जिया खानको हत्या कि आत्महत्या ? यसरी खुल्नेछ अब रहस्य

तपाईंले छुटाउनुभयो कि?