प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको जित

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०८०
|
|
४१ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको जित

सारांश

  • काठमाडौं।
  • लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ।
  • जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो।

काठमाडौं। लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ। जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो।

कर्णालीका लागि गौरी बोहराले २२ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाइन्। त्यस्तै, यमुना थारुले २९ बलमा ४ चौकासहित २१ रन बनाइन्। अञ्जु गुरुङ ६ बलमा ३ चौकासहित १३ र रश्मी खड्का ११ रनमा नट आउट रहिन्। तृर्सना विश्वकर्माले ८, कप्तान किरण कुँवरले २ र बीना थापा ४ रनमा आउट भइन्।

लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान दुई/दुई विकेट लिए भने शर्मिला रोका र चमेली चौधरीले समान एक/एक विकेट लिए। त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो।

लुम्बिनी प्रदेशकी कप्तान सरस्वती गङ्गा मगरले ६२ बलमा ७ चौकासहित ५३ रन बनाइन्। चमेली चौधरीले २२ बलमा २ चौकासहित १८ रन बनाइन्। सरस्वती पुनले ३ र मधु डिसीले २ रन बनाए। कर्णालीका लागि यमुना थारु, रश्मी खड्का र तृर्सना विश्वकर्माले समान एक/एक विकेट लिए।

लुम्बिनीको यो दोस्रो जित हो । लुम्बिनीले पहिलो खेलमा गण्डकीलाई ४ विकेटले हराएको थियो। यता कर्णालीको यो लगातार चौथो हार हो । कर्णाली यसअघि कोशीसँग १० विकेट, गण्डकीसँग ४४ रन र सुदूरपश्चिमसँग ८१ रनले पराजित भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?