नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २८, २०७९
|
|
५२ पटक हेरिएको
Shares
नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने

सारांश

  • काठमाडौँ ।
  • नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ ।
  • कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो ।

काठमाडौँ । नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिला उपलब्ध गराइरहेको ‘अटम अफर’लाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर ‘विन्टर अफर’ उपलब्ध गराउन लागेको हो । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु एक सय ९९ देखि रु छ सय ९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् ।

यस अफरअन्तर्गत रु छ सय ९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यीबाहेक पहिलादेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ । अफर प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग
ललिता निवास प्रकरण : माधव र बाबुराममाथि मुद्दा नचलाएको विषयमा सरकारसँग लिखित जवाफ माग
बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
विश्वकपबाट आकर्षकका केन्द्रविन्दु मेसी र रोनाल्डो घर फर्के, समर्थक निराश
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने मोदीको प्रतिबद्धता कार्यान्वयनको बाटो खुल्यो
गुगलका संस्थापककी श्रीमतीसँग एलोन मस्कले अफेयर चलाएपछि…
गुगलका संस्थापककी श्रीमतीसँग एलोन मस्कले अफेयर चलाएपछि…
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !
७२ वर्षपछिअष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित
७२ वर्षपछिअष्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खलामा भारतको ऐतिहासिक जित
३ करोड बक्यौता नतिरेपछि सौर्यको उडान बन्द
३ करोड बक्यौता नतिरेपछि सौर्यको उडान बन्द
युएईबाट ‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई पक्राउ गरी झिकाइयो
युएईबाट ‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई पक्राउ गरी झिकाइयो
अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता
अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता

तपाईंले छुटाउनुभयो कि?