नेपाल देखि टर्कि सम्म, नेपालीबाटै ठगिँदै नेपाली कामदार

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ७, २०७५
|
|
५१ पटक हेरिएको
Shares
नेपाल देखि टर्कि सम्म, नेपालीबाटै ठगिँदै नेपाली कामदार

सारांश

  • अस्बिन खड्का, काठमाडाैँ ७ साउन ।
  • टर्किमा कार्यरत एक हजार नेपाली नेपाली सुपरभाइजरबाटै ठगिँदै अाइरहेका छन् ।
  • सुपरभाइजर प्रकाश परियारले कामदारहरुकाे पारिश्रमिक घर पठाउने क्रममा पासपाेर्ट राखि हुण्डि मार्फत पैसा पठाउने गरेका हुन् ।

अस्बिन खड्का, काठमाडाैँ ७ साउन । टर्किमा कार्यरत एक हजार नेपाली नेपाली सुपरभाइजरबाटै ठगिँदै अाइरहेका छन् ।

सुपरभाइजर प्रकाश परियारले कामदारहरुकाे पारिश्रमिक घर पठाउने क्रममा पासपाेर्ट राखि हुण्डि मार्फत पैसा पठाउने गरेका हुन् । यसाे गर्दा उनले सयाैँ कामदारबाट लाखाैँ रुपैयाँ नाफा खाने गरेका छन् ।

नेपालमा अन्तर्वार्ता लिनेदेखि कामदार छान्नेसम्मको काममा उसैको हात रहेकाे र धेरैलाई फेल गराउंदै २५ हजार अशुलेर आफैले पास गराएको पिडित कामदारहरुले बताए । नेपालबाट टर्की जाँदा प्रकाशले प्रतिव्यक्ति ३ लाख ५० हजार सम्म लिने गरेकाे उनीहरुले बताएका छन् ।

‘हुण्डीबाट पैसा पठाउँदा ठूलो फाइदा हुने देखेर हुनसक्छ, यहाँ हामीले कमाएको पैसा पनि आफैले उठाउन थालेको छ। उसलाई पैसा दियो भने हामी आफैले बैंकबाट पैसा पठाउँदा पुग्ने रकम भन्दा पनि कम पुग्छ’, एक पिडितले गुनासाे गरे ।

सक्कली पासपोर्ट बिना बैंकले पैसा पठाउन नदिने भएकाले आफ्नो तलब हाल्न पासपोर्ट माग्दा नदिएपछी त्यहाँ स्थित कामदारहरुले बिरोध गर्दै शुक्रबार राति करिव साढे ९ बजे केहि बेर बिरोध गरेका थिए । आफुले कमाएको पैसा आफ्नै इच्छाले नेपाल पठाउन नपाउने हौँ   भन्दै नेपालीहरुले बिरोध गरेका हुन् । प्रकासमार्फत पैसा पठाउंदा १० दिनसम्म लाग्ने गरेको र कसैको पैसा म्यानपावर मार्फत त कसैको हुण्डीवालाहरुले बैंक मार्फत हालिदिने गरेको कार्यरत नेपालीले बताएका छन्  । 

नेपालमा बिभिन्न तरिकाले लुटिएर टर्कीसम्म आएका हामीलाई यहाँ आएर पनि तिनैले लुट्ने कोशिस गरेकाे भन्दै नेपाली कामदार अाक्राेशित छन् । ‘नेपालमा डिमाण्ड लानेदेखि त्यहि कम्पनीमा रहेर नेपालीहरुको रेखदेख गर्न जिम्मा पाएका उदयपुर सप्तरी को सिमा फत्तेपुर घर भएका प्रकाश नै उक्त कम्पनीमा सुपर भाईजर भएपछी हामी अझै लुटिन विवश हुने भयौं’, एक नेपालीले आक्रोश पोख्दै भने ।

टर्कीको उक्त कम्पनीमा कामदार छनोटको चरणमा प्रकाश परियार नेपालमा अन्तर्वार्ता लिन आएका थिए । तर प्रकाशले एजेन्टहरुसँग मिलेर फेल भएका व्यक्तिसँग २५ हजार भन्दा बढी रकम अशुल्दै आफैले पास गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो (सूचीसहित)
निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्‍यो (सूचीसहित)
परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुदैन :  मुख्यमन्त्री शाही
परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास हुदैन : मुख्यमन्त्री शाही
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
पेट्रोलियम पदार्थ खानी पत्ता लगाउन चिनियाँ टोली आउँदै
पेटमा जलन भएमा के खाने जान्नुहोस् !
पेटमा जलन भएमा के खाने जान्नुहोस् !
कात्तिक १५ गते शनिवारको राशिफल यस्तो छ
कात्तिक १५ गते शनिवारको राशिफल यस्तो छ
च्याम्पियन्स लिग: नापोलीमाथि रियल म्याड्रिड ४-२ ले विजयी
च्याम्पियन्स लिग: नापोलीमाथि रियल म्याड्रिड ४-२ ले विजयी
परिस्थिति बनेमा काँग्रेस सरकारको नेतृत्वका लागि पछि हट्दैनः देउवा
परिस्थिति बनेमा काँग्रेस सरकारको नेतृत्वका लागि पछि हट्दैनः देउवा
स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण
स्वास्थ्यमन्त्री गिरीद्वारा कान्ति अस्पतालको निरीक्षण
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन
मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

तपाईंले छुटाउनुभयो कि?