नेपाल-भारतबीच विकास परियोजनाको कार्यप्रगतिबारे समिक्षा बैठक

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १, २०७७
|
|
५३ पटक हेरिएको
Shares
नेपाल-भारतबीच विकास परियोजनाको कार्यप्रगतिबारे समिक्षा बैठक

सारांश

  • काठमाडौं, १ भाद्र ।
  • नेपाल र भारतबीच आज विकास परियोजनाको कार्यप्रगतिबारे औपचारिक छलफल भएको छ ।
  • भिडियो कन्फरेन्समार्फत् आज दुई पक्षबीच परियोजनाको कार्यप्रगतिबारे छलफल भएको हो ।

काठमाडौं, १ भाद्र । नेपाल र भारतबीच आज विकास परियोजनाको कार्यप्रगतिबारे औपचारिक छलफल भएको छ । भिडियो कन्फरेन्समार्फत् आज दुई पक्षबीच परियोजनाको कार्यप्रगतिबारे छलफल भएको हो । दुई देशबीच चार महिनाको औपचारिक संवादहीनताको अवस्थामा आइसब्रेक भएलगत्तै समिक्षा बैठक भएको हो । यसअघि १५ अगष्टमा भारतको ७४ औं स्वतन्त्रता दिवस पारेर प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ११ मिनेट टेलिफोन संवाद भएको थियो ।

नेपाल-भारत संयुक्त अनुगमन संयन्त्रको आजको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदार बैरागी र भारतका तर्फबाट राजदूत विनय मोहन क्वात्रा सहभागी थिए । छलफलमा दुई पक्षले भारतीय सहयोगमा अगाडि बढिरहेका विकास परियोजनाको समिक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भिडियो कन्फरेन्समार्फत् भएको बैठकमा दुवै पक्षबाट टोली सहभागी थियो ।

भारतीय राजदूतावासका अनुसार बैठकमा दुवै पक्षका टोलीका अध्यक्षता गरेका सचिव वैरागी र राजदुत क्वात्राले एक वर्षअघिको प्रगतिबारे उल्लेख गरेका थिए । जसमध्ये भारत सरकारले प्रतिवद्धता गरेको ५० हजारमध्ये ४६ हजार ३ सय १ भुकम्पपीडितका लागि गोरखा र नुवाकोटमा घर निर्माण भइसकेको, मोतीहारी अमलेखगञ्ज अन्तरसीमा पेट्रोलियम पाइपलाइन सञ्चालनमा आइसकेको, वीराटनगरस्थित संयुक्त सीमा चेकपोष्ट निर्माण भइसकेको विषय छन् ।

नेपालले भारत सरकारबाट कोभिड १९ को रोकथामसँग जुध्नका लागि भएको सहयोगका लागि धन्यवाद पनि व्यक्त गरेको छ । दुवै पक्षबीच उपयुक्त समयमा संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ ।

दुई देशबीचको अनुगमन संयन्त्र सन् २०१६ मा स्थापना भएको हो । भारतीय सहयोगका परियोजनाहरुबारे समिक्षा र अनुगमन गर्न नेपालका सरकारका विभिन्न मन्त्रालय, विभाग र निकायका अलावा भारतीय राजदूतावासका अधिकारी र परियोजना सम्बन्धी परामर्शदाता र ठेकेदारसहित रहेको संयन्त्र बनाइएको हो । संयन्त्रको यसअघिको बैठक ८ जुलाई सन् २०१९ मा बसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
डिआइजी देखी सई सम्म तस्करीको पैसाले यसरी ब्रान्डेड भए
डिआइजी देखी सई सम्म तस्करीको पैसाले यसरी ब्रान्डेड भए
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव
प्रधानन्यायाधीश राणा कुनै पनि हालतमा पछि नहट्ने, इजलास तोकेर अघि बढे
बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी
बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी
सानो भर्याङमा ट्याक्सी र कार ठोकियो, एकको मृत्यु, ४ घाइते
सानो भर्याङमा ट्याक्सी र कार ठोकियो, एकको मृत्यु, ४ घाइते
अब सातामा तीन दिन संसद् र तीन दिन समितिका बैठक हुने
अब सातामा तीन दिन संसद् र तीन दिन समितिका बैठक हुने
अाज असार १७ गते: कहाँ के-के घटना घटे?
अाज असार १७ गते: कहाँ के-के घटना घटे?
नेमकिपादेखि विवेकशीलसम्म : मतमा परिणत नहुने रहेछ प्रशंसा
नेमकिपादेखि विवेकशीलसम्म : मतमा परिणत नहुने रहेछ प्रशंसा

तपाईंले छुटाउनुभयो कि?